Logo जेठ ३, २०७८ सोमबार


महिला आयोगको प्रतिबद्धता, ‘लैङ्गिक हिंसा रोकथामका निम्ति अहोरात्र खटिन्छौँ’

काठमाडौं । राष्ट्रिय महिला आयोगले लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गरेको छ । कोभिड–१९ को विश्वव्यापी महामारी संक्रमणको समयमा हुनसक्ने लैङ्गिक हिंसा रोकथाम एवं नियन्त्रणका लागि सरोकारवालासँग आज भएको छलफलमा आयोगले यस्तो बताएको हो ।

छलफलमा आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले लैङ्गिक हिंसाका घटना रोकथाम गर्न स्रोत र साधनले भ्याएसम्म आयोगले इमानदारीपूर्वक अझ सचेत र सजग भएर काम गर्ने दृढता व्यक्त गर्नुभयो ।

आयोगको खबर गरौँ ‘हेल्पलाइन ११४५’लाई अझ सशक्त एवं प्रभावकारी बनाइने जनाउँदै उहाँले महिला हकअधिकारका क्षेत्रका क्रियाशील सङ्घसंस्थासँग निकट सम्पर्क र समन्वयमा रहेर काम गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो ।

“सेवा प्रदायक र सेवाग्राहीबीच समन्वय गर्न आयोगले सबै निकायसँग समन्वयसँगै अनुगमन पनि गर्नेछ”, बढ्दो सङ्क्रमणका कारण निषेधाज्ञा लागू भएको अहिलेको कठिन परिस्थितिमा लैङ्गिक हिंसा रोकथाम नै आयोगको पहिलो प्राथमिकता भएको स्पष्ट गर्दै उहाँले भन्नुभयो ।

आयोगका सदस्य कृष्णकुमारी पौडेलले महिला हिंसाका घटना हुन नदिन चेतनामूलक कार्यक्रम सञ्चालन तथा सही सूचना प्रवाहमा जोड दिँदै प्रदेश र स्थानीय तहमा आयोगको सञ्जाल नभएकाले गृह मन्त्रालयसँगको सहकार्यमा ७७ वटै जिल्लामा सेवा प्रवाह गर्ने अठोटका साथ आयोग अघि बढ्ने बताउनुभयो ।

छलफलमा राष्ट्रिय मानवअधिकार आयोग, गृह, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वैदेशिक रोजगार बोर्डका साथै महिला हकअधिकार प्रवद्र्धनका क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…