Logo बैशाख ३१, २०७८ शुक्रबार


नेपालका सबै स्थानीय तहमा स्काउट संरचना निर्माण

काठमाडौं । नेपाल स्काउटले अब देशका ७५३ वटै पालिका हुँदै त्यहाँका सबै विद्यालयमा स्काउट संरचना निर्माण गर्ने भएको छ । नेपाल स्काउटले बुधबार पत्रकार सम्मेलन गरी देशको वर्तमान राज्य संरचनासँग मेल गराउने उद्देश्यले स्थानीय निकायका तहमा विस्तार गर्ने तयारी गरिएको जानकारी दिएको हो ।

स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीका अनुसार २००९ सालमा गठित स्काउट विगतमा सिमित क्षेत्रमा क्रियाशील भए पनि देशैभरी सक्रिय बनाउने उद्देश्यले सबै पालिकामा विस्तार गर्ने तयारी गरिएको जानकारी दिनुुभयो । परम्परागत संरचनामा खुम्चिएर रहेको स्काउटले नयाँ संरचनासँगै समयको मागअनुसार गतिशील हुने अवसर पाएको उहाँको भनाइ थियो । संयोजक भण्डारीले भन्नुभयो “विगतमा भन्दा अहिले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै स्काउट गतिविधि बढेको पनि छ, परिणामस्वरुप विगत लामो समयदेखि निष्क्रिय देखिएको नेपाल स्काउटको अन्तर्राष्ट्रियसम्बन्ध नयाँ उचाइमा पुगेको छ ।”

स्थानीय संरचनाअन्तर्गत हरेक विद्यालयमा कम्तीमा एक स्काउट समिति बन्नेछ । ती समितिमार्फत विद्यार्थीले अनुशासन, कुलतबाट बच्ने उपाय, सामाजिक कार्यमा सक्रियता एवं शारीरिक तथा मानसिक विकाससम्बन्धी तालिम प्राप्त गर्ने छन् । स्काउटको इतिहासमा यस आर्थिक वर्षमात्र ५० हजार बढी स्काउट स्वयंसेवक परिचालन गरिएको र कोभिडको महामारीमा शव व्यवस्थापनसम्मका सामाजिक कार्यमा सक्रिय रहेको संयोजक भण्डारीले जानकारी दिनुभयो ।

नेपाल स्काउट ऐन २०५५ अनुसार प्रधानमन्त्री नेपाल स्काउटका संरक्षक र युवा तथा खेलकुदमन्त्री प्रमुख स्काउट हुने व्यवस्था रहेको छ । प्रदेशमा मुख्यमन्त्री संरक्षक सामाजिक विकासमन्त्री प्रमुख स्काउट हुने व्यवस्था छ । स्थानीय पालिकामा, पालिका प्रमुख संरक्षक तथा पालिका उपप्रमुख प्रमुख स्काउट हुने व्यवस्था छ । यसबाट सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा नीतिगत रुपमै हरेक विद्यालयमा स्काउट युनिटहरु सञ्चालन गर्ने स्काउटको योजना छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…