Logo बैशाख २८, २०७८ मंगलबार


‘विहीवारदेखि राजधानीमा दुई साता निषेधाज्ञा, गम्भीरतापूर्वक नलिए लम्बिनसक्छ’

काठमाडौं । काठमाडौं उपत्यकामा विहीवार विहान ६ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्टका संक्रमित तीव्र रुपमा बढ्दै गएपछि उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको वैठकले विहीवारदेखि एक साता निषेधज्ञा गर्ने निर्णय गरेको थियो । त्यसपछि बसेको मन्त्रिपरिषद बैठकले बढाएर दुई साता निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

पहाडी र हिमाली जिल्लामा सक्रिय संक्रमितको संख्या २०० भन्दा बढी भयो भने र शहरी तथा काठमाडौंमा ५०० भन्दा बढी सक्रिय पुगे भने प्रमुख जिल्ला अधिकारीले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को सल्लाहमा निषेधाज्ञा जारी गर्न सक्ने प्रावधान छ ।

संक्रमणको ‘चेन ब्रेक’ गर्न कम्तीमा १० देखि १४ दिन चाहिने भएकोले सरकारले दुई साताको निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताउनुभयो । काठमाडौं उपत्यकामा १६ वैशाखबाट शुरू हुने निषेधाज्ञा कम्तीमा दुई साता रहने उहाँले जानकारी दिनुभयो ।

अहिले गत वर्ष जस्तो लामो निषेधाज्ञा हुन्छ कि हुँदैन ? भन्ने आम जनताको चासो छ । सरकारले ६ वैशाखमा दिएको आदेश सबैले प्रभावकारी ढंगले पालना ग¥यौं भने गत वर्षको जस्तो लामो बन्दाबन्दीमा जान नपर्ने मन्त्री त्रिपाठीको भनाइ छ । यदि लापरवाही भइरह्यो, अटेरीपन रहिरह्यो भने निषेधाज्ञा कति समय जान्छ भन्ने आफू पनि भन्न सक्ने अवस्थामा नरहेको उहाँले बताउनुभयो ।

उहाँले ढिलो–चाँडोभन्दा पनि अझै सकेसम्म देशभर बन्दाबन्दी नगरौं भन्ने प्रयासमा सरकार लागिपरेको दाबी गर्नुभयो । अर्थतन्त्र लगायतमा पार्ने दूरगामी प्रभावको आकलन गरेर सकेसम्म बन्दाबन्दी नगरौं भन्ने हाम्रो प्रयासमा सरकार रहेको उहाँले प्रष्ट पार्नुभयो ।

त्यसो त बन्दाबन्दीबाहेकका प्रभावकारी उपाय सरकारले खोजे पनि त्यसलाई मानिसहरूले गम्भीरतापूर्वक नलिएको कारण बन्दाबन्दी नै गर्नुपरेको मन्त्री त्रिपाठीले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘अहिलेकै अवस्था रह्यो भने स्थिति भयावहपूर्ण हुने उहाँको आँकलन छ । मन्त्रालय, मातहतका निकाय, विश्व स्वास्थ्य संगठनले गरेको प्रक्षेपणको आधारमा मैले आगामी असारसम्म संक्रमणको अवस्था उच्च बिन्दुमा पुग्न सक्छ भनेको छु । त्यो बेला दैनिक ११ हजार नयाँ संक्रमित देखिन सक्छन् । अझ त्योभन्दा बढी नै देखिनसक्ने खतरा बढेको छ । संक्रमण यही गतिमा बढिरहने हो भने हाम्रो स्वास्थ्य प्रणालीले धान्ने अवस्था छैन ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …