Logo जेठ २, २०७८ आइतबार


महामारीले रोकेन लुम्बिनी प्रदेश सभालाई, वैशाख १९ गते विशेष अधिवेशन

रुपन्देही । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन वैशाख १९ गते बोलाइएको छ । प्रदेश प्रमुखले कोरोना महामारीलाई वेवास्ता गर्दै वैशाख १९ गते आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाउनु भएको हो ।

आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको सूचना पाएपछि मुख्यमन्त्री शंकर पोखरेलले अधिवेशन अन्त्य गराउनु भएको थियो । अधिवेशन अन्त्य भएसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले विशेष अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुखको कार्यालयमा समावेदन गरेका थिए । सोही अविश्वासको प्रस्तावको टुंगो लगाउन प्रदेश प्रमुखले वैशाख १९ गते विशेष अधिवेशन आह्वान गर्नु भएको हो ।

कोरोना महामारी फैलिरहेको अवस्थामा देशका विभिन्न ठाउँमा स्थानीय तहले निषेधाज्ञा जारी गरिरहेका छन् । कोरोना नियन्त्रणका लागि विभिन्न स्वास्थ्य मापदण्डहरु तयार गरिएका छन् । बिहीबारदेखि रुपन्देहीमा पनि निषेधाज्ञा जारी गरिएको छ । तर सरकार र राजनीतिक दलहरु भने फैलँदै गएको महामारीको भयावह स्थितिलाई वेवास्ता गर्दै सत्ताको होडबाजीमा लागिरहेको देखिन्छ । कोरोना नियन्त्रणका लागि लागू गरिएका नियमहरु राजनीतिक व्यक्तित्वहरुबाटै उल्लंघन भइरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…