Logo ८ श्रावण २०७८, शुक्रबार


आज विश्व नृत्य दिवस, यी हुन् नृत्यका फाइदाहरू

काठमाडौं । आज विश्व नृत्य दिवस । नृत्य गर्नु स्वास्थ्यको लागि अत्यन्तै फाइदाजनक हुन्छ । घरमा छोराछोरीले नाच्दा कतिपय बाबुआमा मन पराउँदैनन् । छोराछोरीलाई नाच्न रोक्ने, गाली गर्ने गरिरहेका हुन्छन् । उनीहरुले नृत्यका फाइदाहरु नबुझेर पनि यसरी गाली गरिरहेका हुन्छन् ।
आज हामी यहाँ नृत्युका फाइदाका बारेमा उल्लेख गर्दैछौँ

–पेटको बोसो घट्छ

नाच्दा हाम्रो शरीरको क्यालोरी धेरै नै खर्च हुन्छ जसले गर्दा शरीरमा भएको बोसो घट्न मद्दत पुग्छ । त्यसैगरी शरीरमा अत्याधिक बोसो छ, पेट घटाउनु छ भने निरन्तर नृत्य गर्नु आवश्यक हुन्छ ।

–मोटोपन घटाउन

यदि मोटोपन घटाउनु छ भने पनि नृत्य गर्न सकिन्छ । दैनिक आधा घण्टा नृत्य गर्ने हो भने एक महिनामा नै तौल घटेको महसुस गर्न सकिन्छ । दैनिद नृत्य गर्दा बासो घट्दै जाने भएकाले मोटोपना पनि घट्छ ।

–निन्द्रा नलाग्ने समस्या समाधान

यदि तपाइँलाई राति निन्द्रा लाग्दैन, निदाउन गाह्रो पर्छ, निदाएपनि राति पटक पटक बिउँझिनुहुन्छ भने गहिरो निन्द्राको लागि पनि नृत्य महत्वपूर्ण हुन्छ । आधा घण्टा मजाले नृत्य गर्नुभयो भने तपाइँलाई थकान महसुस हुन्छ । जसले गर्दा तपाइँलाई आनन्दको निन्द्रा लाग्न सक्छ । थकाइ लागेको मानिसलाई चाँडै निन्द्रा लाग्ने र गहिरो निन्द्रा लाग्ने हुन्छ ।

–तनाव कम गर्न

नृत्यले तपाइँको तनाव कम गर्न पनि मद्दत गर्छ । मन भारी हुन्छ, डराएजस्तो लाग्ने, एक्लो महसुस हुने लगायत अन्य विभिन्न कारणबाट तनाव हुन्छ भने दैनिक आधा घण्टा नृत्य गर्नुस । खुलेर आनन्दले नृत्य गर्नाले मन हलुका भएको महसुस हुन्छ । यसले गर्दा तनाव पनि कम भएको महसुस हुन्छ ।

–रक्तसञ्चारमा फाइदा

नृत्यले शरीरमा रक्तसञ्चारका लागि पनि फाइदा गर्छ । दैनिक नृत्य गर्नाले शरीरमा रगत राम्रोसँग सञ्चार हुन्छ । जसले गर्दा रक्तसञ्चारमा हुने समस्याले निम्त्याउने विभिन्न बिरामी तथा समस्याबाट पनि छुटकारा मिल्छ । रक्तसञ्चार राम्रो भएमा शरीर स्वस्थ हुन्छ ।

–रक्तचाप नियन्त्रणमा फाइदा

नृत्युले रक्तचाप नियन्त्रण गर्न पनि मद्दत गर्छ । रक्तचापमा समस्या अर्थात उच्च रक्तचाप भएका बिरामीले दैनिक नृत्य गर्ने हो भने रक्तचाप सन्तुलनमा आउँछ । नृत्यले मुटुसम्बन्धी रोगबाट समेत बचाउन मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…