Logo असार १, २०७८ मंगलबार


माओवादीबाट चुनिएका प्रतिनिधि एमालेमा गएपछि कारबाही

रौतहट । जिल्लाका निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अधिकांश स्थानीय तहका जनप्रतिनिधि नेकपा एमालेमा प्रवेश गरेपछि माओवादीले उनीहरुलाई पदबाट हटाउने प्रक्रिया थालेको छ।

माओवादी जिल्ला सचिव देवेन्द्र पटेलका अनुसार माओवादीबाट चुनिएका जनप्रतिनिधिहरू एमालेका गतिविधिमा संलग्न रहेकाले पार्टीबाट कारबाही गरी पद रिक्त गरिदिन निर्वाचन आयोगमा पत्र पठाइएको छ।

रौतहटका दुई नगरपालिका र एक गाउँपालिकाको प्रमुखमा माओवादीले जितेको थियाे। त्यस्तै, ७ स्थानीय तहमा उपप्रमुख पनि जितेको थियाे। तीमध्ये यमुनामाई गाउँपालिका प्रमुखसहित अन्य दुई उपप्रमुखबाहेक अन्य सबै प्रभु साहसँगै एमालेमा गएका छन् ।

माओवादी केन्द्रको प्रदेश कमिटी सदस्यसमेत रहेकी मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरियाका मेयर सियाराम कुशवाहालाई एमाले प्रवेश गरेको भन्दै पार्टीले निष्कासन गरेको हो ।

माओवादी केन्द्रले मौलापुरका उपप्रमुख गौरीशंकरप्रसाद जयसवाल, फतुवा विजयपुरकी उपमेयर कान्तिदेवी महतो, देवाही गोनाहीकी परनिया देवी, माधवनारायणपुरकी उपाध्यक्ष सिमलकुमारी साह र यमनुमाइ गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साहलाई पनि निष्कासन गरेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…