Logo जेठ ३, २०७८ सोमबार


माग अनुसार अक्सिजन दिन तयार छाैं : उत्पादक कम्पनी

रूपा घिमिरे 
काठमाडाैं । कोरोना भाइरस संक्रमितको संख्या थपिँदै जाँदा अक्सिजन अभाव हुने भन्ने होहल्लाकाबीच अक्सिजन उत्पादक कम्पनीहरुले भने माग बमोजिम आपूर्ति गर्न आफूहरु सक्षम रहेको बताएका छन् । कम्पनीहरुले अक्सिजन अभाव हुने त्रासले सिलिण्डर होल्ड गर्ने गरेकाका कारण भने समस्या हुन सक्ने भन्दै त्यसो नगर्न आग्रह गरेका हुन् ।

कोरोना भाइरसका संक्रमित बढ्न थालेसँगै भारतमा जस्तै नेपालमा पनि अक्सिजन अभाव हुनसक्ने त्रास फैलिएको छ । कतिपय चिकित्सकहरुले समेत यही गतिमा बिरामी बढे भारतको अवस्था नेपालमा पनि दोहोरिन सक्ने बताइरहेका छन् । तर अक्सिजन उत्पादन गर्ने कम्पनीहरुले भने अक्सिजनको भविष्यमा हुने मागलाई पनि धान्न सक्ने गरी आपूर्ति हुनेमा विश्वस्त हुन आग्रह गरेका छन् ।

देशकै ठूलो मानिएको हिमाल अक्सिजन ग्याँस उद्योगले दैनिक प्रतिघण्टा ६ सय क्यूबीक मिटर अक्सिजन उत्पादन गर्दै आइरहेको छ । कम्पनीबाट अहिले सरदर दैनिक ४ देखि ५ सय वटा अक्सिजन सिलिण्डर बजारमा पठाउँदै आएको छ । हाल देशभर २५ वटा अक्सिजन ग्यास उद्योग रहेका छन् । काठमाडौं उपत्यकामा मात्रै १० वटा उद्योग रहेका छन् । उपत्यकाभरका अक्सिजन प्लान्टबाट फूल फ्लेजमा उत्पादन हुने हो भने कूल दैनिक ८ हजार सिलिण्डर अक्सिजन उत्पादन हुन सक्ने हिमाल अक्सिजनका प्रशासन प्रमुख दिलेन्द्रनाथ श्रेष्ठले बताउनुहुन्छ ।

अक्सिजन वितरकहरुले माग अनुरुप आपूर्तिमा कठिनाई नभएपनि सिलिण्डर होल्ड गर्ने प्रवृत्तिका कारण बाधा उत्पन्न हुन सक्ने बताउँछन् । रोटेशन भएमा समस्या नहुने कम्पनीहरुको भनाइ छ । हिमाल अक्सिजनका वितरण विभाग प्रमुख तथा भाजुरत्न सेल्स् कम्पनीका शाखा प्रमुख रविनबहादुर श्रेष्ठले पछिल्लो समय एकै जनाले ३ /४ वटासम्म सिलिण्डर लगेर घरमा राख्ने गरेकाले पनि भोलिका दिनमा उत्पादन भएको ग्याँस राख्नमा कठिनाई हुन सक्ने औंल्याएका छन् ।

अक्सिजन राख्ने सिलिण्डर नेपालमा नबन्ने र भारतमानै हाहाकार भएको स्थितिमा चाइनाबाट उत्पादकहरु स्वयंले ल्याउन लामो प्रक्रिया लाग्न सक्ने भन्दै सरकारकै तर्फबाट सिलिण्डर झिकाउन पहल गर्नुपर्नेमा अक्सिजन प्लान्ट म्यानेजर मिलन महर्जनको जोड छ ।

अक्सिजन उत्पादन कम्पनीहरुले अक्सिजन उत्पादनमा अवरोध नहुन निरन्तर बिजुलीको प्रवन्ध गरिदिन र उत्पादनमा खटिने कामदारलाई निर्वाध आवतजावतको व्यवस्था गरिदिन समेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…