Logo बैशाख ३१, २०७८ शुक्रबार


अस्पतालबाटै सांसद शाहीको प्रेस नोट : अविश्वास प्रस्तावको पक्षमा प्रतिवद्ध छु

काठमाडौं । गण्डकी प्रदेश सभाका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले आफू अविश्वास प्रस्तावको पक्षमा प्रतिवद्ध रहेको बताउनुभएको छ ।

बुधबार प्रदेश सभामा उपस्थित नभई अस्पताल भर्ना भएका सांसद शाहीले विहीवार प्रेस नोट जारी गर्दै अविश्वास प्रस्तावको पक्षमा प्रतिवद्ध रहेको प्रष्ट पार्नुभएको हो ।

अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची तय भएको बुधबारको दिन संसद् जाने तयारी गर्दैगर्दा बिरामी भएको उहाँले जानकारी गराउनुभएको छ । अस्पताल जाने क्रममा बेहोस भएको जानकारी गराउँदै उहाँले आफ्नो स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताउनुभएको छ ।

पार्टी निर्णयप्रति आफ्नो प्रतिबद्धता कायमै रहेको बताउदै सांसद शाहीले समाचार र सामाजिक सञ्जालमा प्रचार भएका भ्रमपूर्ण खबरका आधारमा धारणा नबनाउन आग्रह गर्नुभएको छ । बागलुङ क्षेत्र नं. २ ‘ख’ बाट निर्वाचित सांसद शाही बेखबर बनेपछि बुधवारको प्रदेशसभा वैठक स्थगित भएको थियो । बुधवारको प्रदेशसभा वैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा विरुद्धको अविश्वासको प्रस्तावमा मत विभाजन गर्ने कार्यसूची थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…