Logo ८ श्रावण २०७८, शुक्रबार


चौतारामा बहुप्राविधिक महाविद्यालय भवन निर्माण हुँदै

काठमाडौं। सिन्धुपाल्चोकको चौतारास्थित छाप आहालडाँडामा दिनेश–रामजी बहुप्राविधिक महाविद्यालय भवनको निर्माण हुने भएको छ। बहुप्राविधिक महाविद्यालय निर्माणका लागि त्यहाँस्थित सामुदायिक वनको करिब १८ रोपनी क्षेत्रफल नेपाल सरकारबाट प्राप्त भएपछि भवन निर्माणको प्रक्रिया शुरु भएको हो।

भवन निर्माणका लागि सोवण निर्माण सेवा कम्पनीसँग हालै ठेक्का सम्झौता भएको छ। पहिलो चरणमा १० करोड ९३ लाखको लागतमा बाइस महिनाभित्र निर्माण सम्पन्न हुने तीनवटा भवनमा १२ कक्षा कोठा, कम्प्युटर कोठा र कर्मचारी कोठा हुने बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत सार्वजनिक निर्माण कार्यान्वयन एकाइले जनाएको छ।

सम्झौता अनुसार ५ सय मिटर पहुँचमार्गसमेत निर्माण गर्नुपर्ने एकाइका इन्जिनीयर राजन श्रेष्ठले बताएका छन्। उहाँका अनुसार बहुवर्षीय योजनाअन्तर्गत महाविद्यायको सम्पूर्ण संरचना बास्केट बल र भलिबल खेलमैदान, तारबार घेराबन्दी, पाहुना घर, छात्रावास भवन, कर्मचारी आवास गृह, चमेना गृह, पुस्तकालय तथा व्यापारिक भवनसमेत निर्माण गरिने योजना रहेको बताइएको छ।

निर्माणका लागि एक अर्ब ३४ करोड ६१ लाख बराबरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…