Logo जेठ ३, २०७८ सोमबार


काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा, उपत्यकामा दिउँसै अन्धकार

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरी मौसम बदली भएको छ ।

बिहीबार देशका अधिकांश क्षेत्रमा अहिले वर्षा भइरहेको जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण नेपालको सबै प्रदेशको पहाडी क्षेत्रमा वर्षा भएको मौसमविदले बताएका छन् । उक्त क्षेत्रमा दुई दिनसम्म पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

हावाहुरी र मेघगर्जनसहित परेको वर्षाले काठमाडौं उपत्यकामा अहिले दिउँसै अन्धकार छाएको छ ।

तराई क्षेत्रमा पनि मौसम बदली भई वर्षा भएको छ । तर ठूलो पानी नपर्ने सम्भावना भने रहेको विभागले जनाएको छ ।

प्रि–मनसुन सक्रिय भएकाले अहिले हावाहुरी सहित पानी परिरहेको महाशाखाले जनाएको छ । आज बेलुकादेखि मौसममा केही सुधार हुने भएपनि भोलि विहान ११ बजेदेखि फेरि देशको अधिकांश भुभागमा चट्याङ सहितको वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ ।

अझै तीन दिन मौसममा सुधार नहुने मौसमविद्को भनाइ छ-‘प्रि–मनसुनमा विहान घाम लाग्ने दिउँसो भएपछि हावाहुरी चल्ने, चट्याङ पर्ने र पानी पर्ने गर्दछ । विहान भने पानी पर्न रोकिन्छ । जेठ असार देखि मनसुन सक्रिय हुनअघि प्रिमनसुनको प्रकृया चल्दछ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…