Logo बैशाख २९, २०७८ बुधबार


कैदीबन्दी बचाउन स्वास्थ्य मापदण्डमा कडाइँ

कमला हमाल
काठमाडौं । कोरोना संक्रमणको दोस्रो भेरियन्टका संक्रमति बढ्सँगै जेलमा रहेका कैदीबन्दीलाई पनि संक्रमणबाट बचाउनका लागि पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाइएको कारागार प्रशाससनले जनाएको छ। क्षमताभन्दा बढी कैदीबन्दी रहेको कारागारमा उच्च जोखिम हुने भएकाले परिवारलाई भेट्नका लागि रोक लगाइएको छ ।

मुलुककै सबैभन्दा ठूलो कारागार सुन्धारास्थित जगन्नाथदेवल अर्थात केन्द्रीय कारागारमा कोरोना महामारीको दोस्रो भेरियन्टबाट बच्नका लागि स्वास्थ्य मापदण्ड अपनाइएको अस्पतालले जनाएको छ। कोभिड–१९ को संक्रमण बढेसँगै कारागारमा अत्यधिक संख्यामा रहेका कैदीबन्दीले असुरक्षित महसुस गर्न नपर्ने कारागारले जनाएको छ ।

कोरोना संक्रमणको जोखिम कम गर्न कारागारले आफन्तसँग भेटघाट तथा बाहिरको खाना खान पूर्ण रुपमा प्रतिवन्ध लगाएको छ। यस्तै नयाँ आउने कैदीबन्दीलाई २ सय ५० जना क्षमताको क्वारेन्टाइनको व्यस्था गरेको छ । यस्तै कारागारभित्रै १० जना रहने क्षमताको अक्जिसनसहितको आइसोलेसन सेन्टर निर्माण गरीएको छ भने कोरानाको लक्षण देखिनासाथ अस्पताल लैजाने व्यवस्था गरिएको छ ।

नयाँ आउने कैदीबन्दी अनिर्वाय रुपमा क्वारेन्टीनमा बस्नुपर्ने नियम लगाइएको कारागार व्यवस्थापन विभागका प्रमुख जेलर लक्ष्मीप्रसाद बास्कोटाले बताउनुभयो । कारगारभित्रै सामाजिक दूरी कायम गर्नसक्ने अवस्था नभएका कारण बाहिरबाट कोराना फैलिन नदिनतर्फ बढी भ्यान रहेको कारागार प्रमुख बास्कोटाको भनाइ छ ।

यस्तै, निषेधाज्ञाको समयमा पनि कैदीबन्दीको न्यायमा पहुँच पुर्याउनका लागि अदालतसँग समन्वय गरिरहेको कारागार प्रशासनले बताएको छ। अदालतले छोड्न आदेश गरेका कैदी बन्दीकाे प्रक्रिया पूराका लागि कारागार प्रशासनले काम गरिरहेको बताउनुभयो ।

यस्तै, कारागारमा रहेका सम्पूर्ण कैदीबनदीलाई कोभिड खोप लगाइएको छ । हाल केन्द्रीय कारागारमा १ हजार चार सय ५२ क्षमता रहेको भएपनि कारागारमा ३ हजार २ सय ५२ जना कैदीबन्दी रहेका छन् । जसमध्ये १५ जना बालबालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…