Logo जेठ ३, २०७८ सोमबार


दीपक मनाङे गण्डकी प्रदेशको खेलकुद मन्त्रीमा नियुक्त, आजै शपथग्रहण

कास्की । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेशको खेलकुद मन्त्रीमा नियुक्त हुनुभएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई खेलकुद मन्त्रीको जिम्मेवारी दिनुभएको हो ।

मुख्यमन्त्री गुरुङले मनाङेलाई खेलकुद मन्त्री बनाउन सामाजिक विकास मन्त्रालयलाई फुटाएको हो ।

नवनियुक्त मन्त्री गुरुङलाई आजै शपथग्रहण गराउने तयारी भैरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मनाङेले अविश्वास प्रस्तावको पक्षमा मत हाल्ने भएपछि मुख्यमन्त्री गुरुङले सरकार जोगाउन उहाँलाई मन्त्री बनाइएको हो । गुन्डागर्दीको आरोपमा पटक –पटक पक्राउ परेका मनाङेलाई मन्त्री बनाएकोमा सामाजिक सञ्जालमा चर्काे आलोचना भइरहेको छ ।

तर मनाङले आफूसँग युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्षमता रहेको जिकिर गर्नुभएको छ । खेलकुदको क्षेत्रमा आफूलाई पर्याप्त ज्ञान भएकोले काम गर्न सहज हुने उहाँले बताउनुभएको छ ।

शपथ ग्रहण अघि पत्रकारसँग कुरा गर्दै नवनियुक्त मन्त्री मनाङ्गेले युुवाका लागि पनि आफूसँग छुट्टै भिजन र योजना रहेकोले अब युवा विदेश जान नपर्ने दाबी गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…