Logo बैशाख २९, २०७८ बुधबार


खेलकूदका क्षेत्रमा मेरो राम्रो अनुभव छ, अब युवाले विदेश जान पर्दैन : मन्त्री दीपक मनाङे

काठमाडौं । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) नियुक्त हुनुभएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितीमा प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्री गुरुङलाई शपथ खुवाउनुभएको छ ।

प्रदेशसभामा सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइ मत विभाजन हुन लागेको बेलामा मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । मत विभाजनमा प्रभाव पार्नसक्ने देखिएपछि स्वतन्त्र सांसद गुरुङलाई मन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्री गुरुङले आफूसँग युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्षमता रहेको जिकिर गर्नुभएको छ । खेलकुदको क्षेत्रमा आफूलाई पर्याप्त ज्ञान भएकोले काम गर्न सहज हुने उहाँले बताउनुभएको छ ।

शपथ ग्रहण अघि पत्रकारसँग कुरा गर्दै नवनियुक्त मन्त्री गुरुङले युुवाका लागि पनि आफूसँग छुट्टै भिजन र योजना रहेकोले अब युवा विदेश जान नपर्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…