Logo जेठ १, २०७८ शनिबार


टोकियो ओलम्पिक दर्शकविनानै आयोजना गरिने

काठमाडौं। टोकियो ओलम्पिक आउन करिब तीन महिनाको समय बाँकी रहेका बेला अझैपनि यो प्रतियोगिता कसरी सम्पन्न हुन्छ भन्ने ठूलो कौतुहल बाँकी नै छ। यस्तैमा ओलम्पिक आयोजकले विदेशी समर्थकलाई प्रतियोगिताका बेला प्रवेश नगराउने भनिसकेको छ भने खेलाडीलाई दैनिक रुपमा कोरोना परीक्षण गर्नुपर्ने बताइसकेको छ।

अब प्रतियोगिताका बेला घरेलु समर्थकलाई प्रतियोगिता स्थलमा प्रवेश गराउने कि नगराउने भन्ने विषय मुख्य एजेन्डा बनेको छ।

ओलम्पिक आयोजकले अहिलेको अवस्थामा खेलहरु दर्शकविना नै गर्ने तयारी रहेको बताएका छन् । ओलम्पिक र पारा ओलम्पिकको प्ले बुक्समा अहिलेको अवस्थामा दर्शकविना नै खेल गर्ने तयारी रहेको बताइएको छ।

अहिले पनि सबै देशका लागि कोभिडको भ्याक्सिन सहज उपलब्ध नभएकाले अनिवार्य भ्याक्सिन लगाएको हुनुपर्ने भन्ने नियम लागु गर्न कठिन रहेको बताए।

प्रतियोगिताका बेला खेलाडी र उनीहरुको क्लोज कन्ट्याक्टमा रहेका ब्यक्तिको हरेक दिन परीक्षण हुने भएको छ।

अहिलेपनि जापानको टोकियोका केही स्थानमा साताको अन्तिममा घोषणा गरिएको आपतकाल मे ११ तारिखमा सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…