Logo बैशाख ३१, २०७८ शुक्रबार


अब पुरानै अवस्थामा खुल्लामञ्च, हट्यो सिटी बसपार्क

काठमाडौं । राजधानीको मध्यभागमा रहेको खुलामञ्चभित्रको बसपार्क हटाइएको छ । काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा रहेको सिटी बसपार्क हटाएको हो । बसपार्क हटेसँगै अब खुल्लामञ्चलाई पुरानै अवस्थामा फर्काइने महानगरपालिकाले जनाएको छ ।

खुल्लामञ्चको बसपार्क हटाइएसँगै अब खुल्लामञ्च प्रयोग गर्दै आएका छोटो दूरीका बसलाई पिक एन्ड ड्रप प्रणाली लागू गरिने महानगरपालिकाले जनाएको छ । मध्यम दूरीका बसलाई नयाँ बसपार्क गोंगबुमा सारिने भएको छ भने पिक एन्ड ड्रप प्रणालीमा चल्ने गाडीहरूका सार्वजनिक सूचना प्रकाशन गरेर महानगरले निवेदन माग गरेको थियो ।

खुल्लामञ्चमा बसपार्क राखेर सार्वजनिक स्थानको दोहन गरेको भन्दै महानगरपालिका र सरकारको विरोध हुँदै आएको थियो । सार्वजनिक स्थान अभियान्ताहरूले ‘खुल्लामञ्च बचाऊ’ अभियानसमेत सञ्चालन गर्दै सरकारलाई दबाब दिँदै आएका राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…