Logo बैशाख ३१, २०७८ शुक्रबार


नाचगानको समयमा भागाभाग, ३८ को मृत्यु

एजेन्सी । इजरायलमा यहुदी पर्व मनाउन भेला भएको एक धार्मिक कार्यक्रममा भागदौडका क्रममा ३८ जनाको ज्यान गएको छ । उत्तरी इजरायलस्थित माउन्ट मेरोनको फेदीमा पर्व मनाउने क्रममा दर्जनौं मानिस भेला भएका थिए ।

पर्वमा भेला भएका मानिसबीच भागदौड मच्चिँदा ३८ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भागदौडमा सयौं घाइते भएका छन् ।

कोरोना महामारीका कारण अघिल्लो वर्ष पर्व मनाउन निषेध गरिएको थियो । यसवर्ष एक लाख बढी सहभागी रहेका कार्यक्रममा नाचगान चलिरहेको समयमा एक्कासी भागदौड भएको हो । भागदौडको कारण भने खुल्न सकेको छैन।

आपत्कालीन सेवा प्रदायकहरूले घटनास्थलमा घाइतेहरूको उपचार गरिरहेका छन्। तर धेरै भिड भएकाले उद्धार कार्यमा कठिनाइ भएको उनीहरुले बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…