Logo बैशाख २८, २०७८ मंगलबार


पत्रकार वीरेन्द्रमणि पौडेलको ‘स्मृतिका तरङ्ग’ सार्वजनिक

चितवन । पत्रकार वीरेन्द्रमणि पौडेलको ‘स्मृतिका तरङ्ग’ शीर्षक कृति सार्वजनिक भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर निवासी पौडेलले समाजमा भएका आफूसँग सम्बन्धित घटना पुस्तकमा उतार्नुभएको छ ।

‘नारायणी टुडे’ राष्ट्रिय मासिक प्रकाशक रहेको सो कृति १ सय ६० पृष्ठको छ । पौडेलले भन्नुभयो “मैले पुस्तकमा ९० प्रतिशत जस्ताको तस्तै लेखेको छु । शतप्रतिशत लेख्दा सामाजिक संरचना खल्बलिने भएकाले पूरै लेख्न सकिन ।” चितवन जिल्लामा मात्र १० हजार पुस्तक बिक्री गर्ने लक्ष्य पौडेलको छ ।

गलत दिशातर्फ गइरहेको नेपाली समाज ठीक बाटामा ल्याउन यसले मद्दत गर्ने उहाँको भनाइ छ । पुस्तकमा सामाजिक, आर्थिक र राजनीतिक विषय समेटिएको छ । साहित्यकार डिआर पोख्रेलले संस्मरण निकै राम्रो यथार्थवादी रहेको बताउनुभयो । आफ्नो र अरुको राम्रो, नराम्रो, छोटो छरितो र मीठो तरिकाले प्रस्तुत गरिएको छ ।

पौडेलको यसअघि ‘समय प्रवाह’, ‘समय सन्दर्भ’, ‘समय चक्र’, ‘परिवेश र प्रवृत्ति’ तथा लेखसङ्ग्रह प्रकाशन भइसकेका छन् । २६ वर्षदेखि निरन्तर पत्रकारितासँगै लेखनमा सक्रिय पौडेलले राष्ट्रिय र स्थानीय पत्रपत्रिकामा करीब दुई हजार पाँच सय समसामयिक लेख लेखिसकिएको जिकिर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …