Logo ८ श्रावण २०७८, शुक्रबार


युट्युब ट्रेन्डिङमा आज…

काठमाडौं । शुक्रबार युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा हिन्दी चलचित्र ‘पोगारु’ परेको छ । नन्द किशोरको निर्देशनमा रहेको चलचित्र पोगारुमा ध्रुब सर्जा, रश्मिका मन्डन्ना, बुलेट प्रकाश, काइ ग्रिनीको अभिनय देख्न सकिन्छ । शुक्रबार बिहासम्ममा चलचित्रले ४ करोड ७३ लाख ६१ हजार बडी भ्युज कमाइसकेको छ ।

त्यसैगरी ३० लाख ३० हजार ५ सय ९४ भ्युज कमाउँदै चर्चित गायक प्रकाश सपुतको देशप्रेमले भरिएको गीत ‘मेरो पनि हैन र ? यो देश’ बोलको गीत युट्युब ट्रेन्डिङको दोस्रो नम्बरमा परेको छ । गीतमा शब्द, संगीत र स्वर प्रकाश सपुतको रहेको छ भने गीतलाई विभिन्न कलाकारले प्रस्तुत गरेका छन् । सपुतले राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई गीतमा उठान गर्नुभएको छ । समाजका विविध मुद्दालाई आफ्ना सिर्जनामा मुखरित गर्न पोख्त सपुतको गीतमा देशप्रतिको गौरव र गुनासो मिश्रण छ । सार्वजनिक भएको २४ घण्टामानै ट्रेन्डिङको दोस्रो स्थानमा उक्लेको थियो। सपुतको आफ्नै युट्युब च्यानलबाट गत शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त गीतले शनिबार साँझसम्ममा ६ लाख ३२ हजार बढी भ्यूज बटुलिसकेको थियो ।

शुक्रबार युट्युब ट्रेन्डिङको तेस्रो नम्बरमा चर्चित र्याप गायक भिटेनको अफिसियल म्युजिक भिडियो ‘क्रिम्नल’ परेको छ । गीतले १६ लाख २४ हजार २ सय ६४ भ्यु कमाउँदै ट्रेन्डिङको तेस्रो नम्बरमा परेको हो । गीतको निर्देशन तथा संगीत समीर घिसिङले गर्नुभएको छ । ‘थाछैन मलाई त केही रमाइलो गरिराथे समाते प्रहरीले त्यहीपनि लखेटिलखेटि’ गीतमा भिटेनले आफूले पाएको आलोचनालाई गीतको माध्यमद्वारा ब्याङयात्मक रुपमा प्रस्तुत गरिएको छ । गीतको अभिनयमा गायक भिटेन आफै र अन्य साथीहरुलाई देख्न सकिन्छ ।

त्यसैगरी ट्रेन्डिङको चौथौ नम्बरमा पत्रकार विद्या चापाँगाँईको’हेर्ने कथा’ अन्तर्गतको ‘लाउरेको गाँउ कथा’ परेको छ । शुक्रबार विहानसम्ममा कथाले ४ लाख ९९ हजार बढी भ्यु कमाइसकेको छ । लाउरेको गाँउ कथा एउटा लाउरेको गाउँको कथा हो । जसमा बढ्दो वैदेशिक रोजगारमा गएपछि गाउँ सुनसान भएको कुराराई दुखद रुपमा चित्रण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…