Logo बैशाख ३१, २०७८ शुक्रबार


माओवादीका सांसदको ६ महिनाको तलब विपद् कोषमा जम्मा

सुर्खेत । नेकपा माओवादी केन्द्रबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्यहरुले ६ महिनाको पारिश्रमिक विपद् कोषमा सहयोग गर्ने भएका छन् । दोस्रो लहरको कोभिड–१९ को संक्रमण बढ्दै जान थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि नेताहरुले सहयोग गर्ने भएका हुन् ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबार साँझ बसेको संसदीय दलको बैठकले कोरोनाको रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि आधा महिनाको पारिश्रमिक कर्णाली सरकारको विपद् कोषमा सहयोग गर्ने निर्णय भएको केन्द्रका प्रमुख सचेतक सीताकुमारी नेपालीले जानकारी दिनुभयो ।

त्यस्तै बैठकमा दलसँग आबद्ध प्रदेशसभा सदस्यहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश सरकारका निकायहरु, स्थानीय तह, अन्य राजनैतिक दल, स्थानीय प्रशासन, स्वास्थ्यकर्मी, पत्रकार सञ्चारकर्मी, नागरिक समाजसँग समन्वय गरी कोभिड–१९ प्रतिकार्य, रोकथाम, नियन्त्रण तथा उपचारका लागि कामलाई प्रभावकारी बनाउन आवश्यक सहजीकरण, समन्वय एवं अनुगमन गर्ने निर्णय भएको छ ।

बैठकमा दल नेता एवं मुख्यमन्त्रीले कोरोनाको रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यको काममा सरकारले गरिरहेको पहल र विकास निर्माण तथा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्थाका साथै समसामयिक राजनीतिक परिस्थिति र दलले खेल्नुपर्ने भूमिकाबारे जानकारी दिनुभएको प्रमुख सचेतक नेपालीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…