Logo बैशाख २९, २०७८ बुधबार


जनस्वास्थ्यका मापदण्ड पालना गरेर विकास निर्माणका कार्य सञ्चालन

सुर्खेत। अत्यावश्यक कामबाहेक नागरिकलाई घरबाहिर निस्कन रोक लगाएपनि सार्वजनिक विकास निर्माणका कामले भने यसपटक निरन्तरता पाइरहेका छन् । गतवर्ष बन्दाबन्दी र निषेधाज्ञा हुँदा निर्माण कार्य ठप्प पारिएको भए पनि यसपटक भने सरकारले जनस्वास्थ्यका मापदण्ड पालना गरेर विकास निर्माणका कार्य सञ्चालन गर्न अनुमति दिएको हो।

यतिबेला यहाँका सडक, भवन लगायतका पूर्वाधारका कामहरू धमाधम भइरहेका छन्। पूर्वाधार विकास निर्देशनालय सुर्खेतका अनुसार चालू आर्थिक वर्षभित्र वीरेन्द्रनगरका पक्की पुल, सडक कालोपत्रे, नाली निर्माण लगायतका काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।

काेराेना सङ्क्रमण फैलिन नदिन मंगलबार रातिदेखि जिल्ला प्रशासन कार्यालय सुर्खेतले निषेधाज्ञा जारी गरेको छ। तर निर्माणका काम भने स्वास्थ्य मापदण्ड पालना गरेर सुचारू राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएकाे छ ।

निर्देशनालयका इन्जिनियर सूर्य शाहीका अनुसार प्रदेश सरकार अन्तर्गतका सार्वजनिक निर्माणसँग सम्बन्धित कामहरू जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…