Logo बैशाख २८, २०७८ मंगलबार


‘गलबन्दी च्यातियो’ का गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

काठमाडौं । गलबन्दी च्यातियो र बोलमाया गीतबाट चर्चामा आएका गायक प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ ।

प्रकाश आफैंले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

काठमाडौं मेडिकल कलेजमा गराएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएको प्रकाशले उल्लेख गरेका छन् । उनले एकदमै धेरै शरीर र दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाईटी फिल भएपछि पिसिआर टेस्ट गराएको उल्लेख गरेका छन् ।

उनले अहिले स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा रहेको उल्लेख गरेका छन् ।

‘कोरोना जित्न सकिन्छ भन्ने आत्मबल राख्न अपील गरेका उनले यसलाई सामान्य भने नठान्न आग्रह गरेका छन् । प्रकाशको नयाँ गीत मेरो पनि होइन र ? अहिले चर्चामा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …