Logo बैशाख ३१, २०७८ शुक्रबार


स्वास्थ्य सर्तकताका मापदण्ड पालना गराैं : पाेखरेल

काठमाडाैं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले स्वास्थ्य सर्तकताका मापदण्ड पालना गरेर कार्यक्षेत्रमा खटिन पत्रकारहरुलाई अनुरोध गर्नुभएको छ । सभापति पोखरेलले पत्रकारिता क्षेत्र जस्तोसुकै समस्या र जोखिममा पनि काम गर्नुपर्ने क्षेत्र भएको भएपनि महामारीको समयमा सबैले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयाे ।

अध्यक्ष पोखरेलले महामारीको समयमा कार्यस्थलमा खटिने पत्रकारहरुलाई कुनै पनि किसिमका समस्या भए महासंघको सम्पर्कमा आउन पनि उहाँले अनुरोध गर्नुभएको छ । उहाँले कोरोनाको कारण देखाएर कुनैपनि श्रमजिवि पत्रकारलाई कामबाट निकाल्ने, पारिश्रमिक लगायत सेवा सुविधा नदिने जस्ता काम नगर्न सञ्चारगृहलाई आग्रह गर्नुभयो ।

महासंघले कोरोना महामारीमा फ्रन्टलाईनमा रहेर कामगर्ने पत्रकारहरुको स्वास्थ्य सुरक्षा र सेवा सुविधा समयमै उपलब्ध गराई सहयोगी भूमिका निर्वाह गर्न सञ्चार गृहहरुलाई आग्रह गर्नुभयो । उहाँले कोभिड संक्रमण देखा परेका पत्रकारका लागि उपचार गराउनका लागि निश्चित अस्पतालको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो ।

उहाँले जोखिमको समयमा काम गरिरहेका पत्रकारहरुलाई कामबाट निकालिने, विस्थापित हुनुपर्ने अवस्था दोहरिन नदिन महासंघले काम गरिरहेको बताउनुभयो । पत्रकार महासंघले समिति नै बनाएर समस्यामा परेका पत्रकारहरुको लागि तत्काल गर्नुपर्ने काम र दिगो व्यवस्थापनको क्षेत्रमा काम गर्न शुरु गरेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…