Logo बैशाख ३१, २०७८ शुक्रबार


पूर्वप्रधानमन्त्री भट्टराईको शल्यक्रिया सफल

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया भएको छ।

काठमाडौंस्थित वीर अस्पतालका चिकित्सक डाक्टर सुबोध अधिकारी नेतृत्वको टिमले शुक्रबार बिहान उहाँको शल्यक्रिया गरेको हो।

उहाँकी छोरी मानुषी यमी भट्टराईले सामाजिक सञ्जालमा ‘पेटको न्युरो–इन्डोक्राइन ट्युमरको सफल शल्यक्रिया र शीध्र स्वास्थ्य लाभको कामना, बा’ लेख्नुभएकाे छ। ‘शल्यक्रियामा संलग्न वीर अस्पतालको चिकित्सक टोली, अस्पताल परिवारप्रति सधन्यवाद शुभकामना।’ लेखेर शल्यक्रिया सफल भएको जानकारी दिनुभएकाे हाे।

यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उहाँको स्वास्थ्य परीक्षण भएको थियो। परीक्षणपश्चात अस्पतालले क्यान्सर नरहेका पुष्टि गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…