Logo ८ श्रावण २०७८, शुक्रबार


निषेधाज्ञाले हवाइ सेवामा चाप, त्रिभुवन विमानस्थलमा यात्रुको भीडभाड (फोटो फिचर)

काठमाडौं । सरकारले बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरे पनि विमानस्थल भने बन्द गरेको छैन ।

निषेधाज्ञाका बीच पनि अहिले त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा वाह्य दुवै हवाइ सेवा सञ्चालनमा छन् । निषेधाज्ञाका कारण अरु यातायात सेवा बन्द भएपछि अहिले विमानस्थलमा यात्रुको भींड बढेको छ ।

आन्तरिक हवाइ सेवाका सबै उडान भरिभराउ भैरहेका छन् । यात्रुको चाप बढेपछि हवाइ सञ्चालक कम्पनीहरुले उडान संख्या समेत थपेका छन् । सरकारले विमानस्थलका यात्रुहरुलाई मध्यनजर गरी हरियो नम्बर प्लेट भएका पर्यटक ट्याक्सीलाई सञ्चालनको अनुमति दिएको छ ।

कोरोना महामारी तीब्र गतिमा बढ्न थालेपछि विदेशबाट त्रिभुवन विमास्थलबाट आउने यात्रुमाथि सरकारले सामान्यतः निगरानी भने बढाएको छ । भारत र बेलायतबाट आउने यात्रुहरुमाथि अझ बढी निगरानी गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

तर विमानस्थलमा भीडभाड देखेपछि सीसीएमसीले आन्तरिक उडान भने तत्काल बन्द गर्नुपर्ने निष्कर्ष निकालेको छ । निषेधाज्ञाको पहिलो दिन विहीवार सीसीएमसी सचिवालयले त्रिभुवन विमानस्थलमा अनुगमन गरेको थियो । अनुगमनमा आन्तरिक उडान सञ्चालनमा राखिराख्दा जोखिम बढ्ने देखेपछि बन्द गर्नुपर्ने निष्कर्षमा पुगेको सीसीएमसीका एक सदस्यले बताए ।

 

तस्बिर : हनिशराज पन्त / जनतासमाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…