Logo बैशाख २९, २०७८ बुधबार


मुलुकका २२ जिल्लामा कोरोनाभाइरस संक्रमणको अवस्था डरलाग्दो (जिल्लाका नामसहित)

काठमाडौं । सरकारले मुलुकका २२ जिल्लामा कोरोनाभाइरस संक्रमण डरलाग्दो गरी फैलिएको निष्कर्ष निकालेको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरी सकेसम्म ती जिल्लाको भ्रमणमा तत्काल नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।

मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरलाई मुलुकका अति प्रभावित जिल्लाको रुपमा राखेको छ ।

देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको स्थिति भएकोले संवेदनशील बन्न मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तीमा आन्तरिक तथा बाह्य पर्यटनका गतिविधि पनि तत्काल बन्द गर्न आग्रह गरिएको छ ।

सार्वजनिक स्थानमा जाने, भीडभाड हुने कामहरु समेत नगर्न र नगराउन मन्त्रालयले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…