Logo बैशाख २८, २०७८ मंगलबार


३० देखि ३९ बर्षका मानिस संक्रमणको बढी जोखिममा, कुन उमेरका कति संक्रमित ?

काठमाडौं । नेपालमा सबैभन्दा धेरै ३० देखि ३९ बर्षका नागरिक कोरोना भाइरसको संक्रमणको जोखिममा रहेको पाइएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३० देखि ३९ बर्षका नागरिक रहेका छन् । यस उमेर समूहका १ हजार ३ सय ८९ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै २० देखि २९ सम्मका १ हजार ३७२ जना र ४० देखि ४९ बर्षका १०५० जना संक्रमित भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा ५० देखि ५९ का ७३९ जना, ६० देखि ६९ का ३४९ जना रहेका छन् ।

यस्तै ९ बर्षसम्मका बालबालिका १३९ जना र १० देखि १९ बर्षका ३६७ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

७० देखि ७९ का १६२ जना ८० देखि ८९ का ५० जना ९० देखि १०० वर्ष उमेरका ४ जना र उमेर नखुलेका ३६ जना पनि पछिल्लो २४ घण्टामा संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …