Logo बैशाख २९, २०७८ बुधबार


धौलागिरि हिमालमा दुर्घटनाग्रस्त हेलिकप्टर १५ वर्षपछि भेटियो

काठमाडौं । सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टर धौलागिरि हिमालमा भेटिएको छ।

नेपाली सेनाको टोलीले बिहीबार धौलागिरी बेस क्याम्पनजिकै हेलिकप्टर फेला पारेका हुन् । हेलिकप्टरको अवशेष बेस क्याम्पबाट एक किलोमिटर टाढा भेटिएको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताउनुभयो । सन् २००६ को सेप्टेम्वर ३ मा एयर डायनेष्टीको हेलिकोप्टर धवलागिरी हिमालको बेसक्याम्पमा दुर्घटनामा परेको थियो ।

उद्धारका लागि गएको नाइनएन एसिआर एएस–३५० बिए हेलिकप्टर आधार शिविरनजिक ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको थियो।

अप्ठ्यारो ठाउँमा ल्याण्ड गराउन खोज्दा हिउँमा चिप्लिएर दुर्घटना भए पनि मानवीय क्षति भएको थिएन।

क्याप्टेन हिराबाबु दाहालले उक्त हेलिकप्टर उडाउनुभएको थियो । हेलिकोप्टरमा उहाँ एकजना मात्र हुनुहुन्थ्यो । दुर्घटनामा घाइते क्याप्टेन दाहाल हाल मनाङ एयरमा कार्यरत हुनुहुन्छ ।

हेलिकप्टरसँगै दुई वटा शव समेत भेटिएको सैनिक प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

उहाँले हिमाल सफाइमा निस्केको सेनाको टोलीले दुर्घटनाग्रस्त हेलिकप्टरभन्दा केही टाढा शव फेला परेको बताउनुभयो ।

बेस क्याम्पदेखि दुई सय मिटर दक्षिणमा भेटिएको शवको पहिचान भने नभएको उहाँले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…