Logo बैशाख २९, २०७८ बुधबार


सचेतना अभियानका लागि टोल विकास संस्थालाई सक्रिय बनाउन आह्वान

काठमाडौं । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले काेराेना सङ्क्रमणको जोखिम हुन नदिन पुनः सचेतना अभियान सञ्चालन गर्ने भएको छ। यसका लागि मन्त्रालयले १३ वटै जिल्लाका स्थानीय तह अन्तर्गत रहेका टोल विकास संस्थालाई पुनः सक्रिय हुन आह्वान समेत गरिसकेकाे छ।

मन्त्रालयले आज (शुक्रवार) आयोजित पत्रकार सम्मेलनमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले जिल्ला अस्पताललाई काेरोना अस्पतालमा रूपान्तरण गर्दै सङ्क्रमितको उपचारमा पहिलो प्राथमिता दिने व्यवस्था मिलाइएको जानकारी समेत दिनुभयाे । उहाँले भन्नुभयाे, ‘कोरानाका बिरामीलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर र आइसीयूको व्यवस्था गरिनेछ। आवश्यक श्रोत र साधन उपयोग गरिनेछ।’

कोरोना सङ्क्रमण नियन्त्रणका लागि अल्पकालीन र दीर्धकालीन योजना कार्यान्वयन समेत भइरहेको उहाँले  बताउनुभयाे ।

सामाजिक विकास राज्यमन्त्री डा रामकुमार अधिकारीले सङ्क्रमण न्यूनिकरण गर्न अस्पतालमा दक्ष चिकित्सक, सुविधायुक्त प्रयोगशालासहित अक्सिजन र भेन्टिलेटरको व्यवस्थापन गरिएको जानकारी गराउँदै कोरोना संक्रमणलाई महामारीको रूप लिन नदिन उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयाे । त्यस्तै, स्वास्थ्य मापदण्डलाई सबैले पालना गर्नु आवश्यक रहेको पनि मन्त्री अधिकारीले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…