Logo बैशाख ३१, २०७८ शुक्रबार


बहुचर्चित गीत ‘पियारी’ को फिमेल भर्सन सार्वजनिक (भिडियोसहित)

काठमाडौं । पछिल्लो समय युट्युव, टिकटकदेखि सामाजिक सञ्जालमा सर्वत्र रूचाइएको देउडा शैलिको गीत ‘पियारी’को फिमेल भर्सन सार्वजनिक भएको छ । लाइमलाइट नेपाल युट्युव च्यानलबाट बिहीबार अपरान्ह गीतको भिडियो सार्वजनिक गरिएको हो ।

प्रतिभावान नवगायिका विशाखा शाही ठकुरीको गायकीमा गीत वास्तवमै हृदयस्पर्सी बनेको छ । जोसेफ शाही ठकुरीकाे स्वरमा रहेको ओरिजिनल गीतमा घरमा जहान सम्हालिरहेकी ‘पियारी’लाई परदेशमा दुःख गरिरहेको श्रीमानले सम्झाइरहेको भाव भेटिन्थ्यो । विशाखाको स्वरमा रहेको यो गीतमा भने पियारीले परदेशमा रहेका पियारालाई आफू कस्तो अवस्थामा जीवन गुजारीरहेकी छु भन्दै जवाफ दिएको भाव छ ।

जोसेफ शाहीको शब्दमा कोशिश क्षेत्रीको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ । ए–वन म्यूजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतको ध्वनि सम्पादन भने किशोर थापाले गरेका हुन् ।

फिमेल भर्सनमा स्वरमात्रै होइन गायिका विशाखाको अभिनय समेत हेर्न सकिन्छ । भिडियोमा विशाखासँगै पशुपति खनाल र अस्मिता सेन्चुरीको समेत अभिनय रहेको छ । राज पोखरेलको छायाँकन रहेको भिडियोको सम्पादन र निर्देशन समेत टेकेन्द्र शाहले गरेका हुन् ।

रियालिटी गायन प्रतिस्पर्धा ‘भ्वाईस अफ नेपाल सिजन–३’ मा बाजुराका प्रतिभा धर्मेन्द्र सुनारले ‘पियारी’ गीत गाएर चार वटै निर्णायकको मन जित्न सफल भएपछि गीत सर्वत्र रूचाइएको थियो । त्यसपछि ओरिजिनल गीतलाई पनि उत्तिकै रूचाइएको छ ।

हालसम्म युट्युवमा १८ लाख बढी दर्शकले गीतको भिडियो हेरिसकेका छन् । पियारीको फिमेल भर्सनलाई लिएर पनि युटुयुवमा निकै उत्साहजनक टिप्पणीहरू आएका छन् । सार्वजनिक भएको १५ घण्टामा गीतको भिडियो २७ हजार बढी दर्शकले हेरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…