Logo जेठ १, २०७८ शनिबार


कार्यालय प्रमुखमा कोरोना संक्रमण, कार्यालयको सबै सेवा बन्द

काठमाडौं । ओखलढुंगामा करदाता सेवा कार्यालयको सेवा बन्द गरिएको छ। कार्यालय प्रमुख कोशलेन्द्र रिजाललाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कार्यालयको सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको हो।

कार्यालय प्रमुख ४० वर्षीय रिजाललाई आज (शुक्रवार) गरिएको एन्टिजेन परीक्षणमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्यमा सामान्य समस्यासहित कोरोनाको लक्षण देखिएपछि एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो।

प्रमुख रिजाल यही वैशाख १० गते विवाहका लागि चितवन पुगेर काठमाडौँ हुँदै वैशाख १५ गते ओखलढुंगा फर्किनुभएको थियो। कोभिड सङ्क्रमण देखिए पनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको करदाता सेवा प्रमुख रिजालले बताउनुभयो।

आफूलाई सङ्क्रमण पुष्टि भएपछि अर्को सूचना जारी नहुँदासम्मका लागि कार्यालयको सेवा बन्द गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…