Logo बैशाख २८, २०७८ मंगलबार


१४ महिनामा विश्वभर १२ सय पत्रकारको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । कोभिड–१९ को संक्रमणबाट विगत १४ महिनामा विश्वभर एक हजार २०० पत्रकारको मृत्यु भएको छ । त्यसरी ज्यान गुमाउने नेपाली पत्रकारको संख्या सात रहेको छ ।

स्वीट्जरल्यान्डस्थित पत्रकार सुरक्षा तथा अधिकारसम्बन्धी काम गर्ने संस्था ‘प्रेस एमब्लेम क्याम्पियन (पीईसी)ले जारी गरेको रिपोर्टमा कोरोना संक्रमणबाट संसारका ७५ देशमा एक हजार २०० पत्रकारले ज्यान गुमाएको उल्लेख छ । विश्व प्रेस स्वत्रन्त्रता दिवसको पूर्वसन्ध्यामा पीईसीले जारी गरेको रिपोर्टमा कोरोनाबाट सञ्चारक्षेत्रमा गम्भीर असर परेको पनि जनाएको छ ।

रिपोर्ट अनुसार कोरोना संक्रमणका कारण सबैभन्दा बढी ब्राजिलमा १८३ जना पत्रकारले ज्यान गुमाएका छन् । त्यस्तै, पेरुमा १४०, भारतमा १२२ र मेक्सिकोमा १०६ जनाको मृत्यु भएको छ । क्षेत्रीय आधारमा ल्याटिन अमेरिकाका २० देशमा ६७३, एसियाका १८ देशमा २५६, युरोपका १९ देशमा १७५, अफ्रिाकाका १६ देशमा ५६, उत्तर अमेरिकाका दुई देशमा ४७ जना पत्रकारको मृत्यु भएको रिपोर्टमा उल्लेख छ ।

पछिल्लो समय सबैभन्दा बढी भारतमा पत्रकारले ज्यान गुमाइरहेका छन् । दुई साता मात्रै भारतमा ५० पत्रकारको मृत्यु भएको रिपोर्टमा जनाइएको छ । शुक्रबार दिउँसो मात्रै आजतकमा कार्यरत पत्रकार रोहित सरदानाको मृत्यु भएको छ । दिल्लीको नोयडास्थित मेट्रो अस्पतालमा उपचारकै क्रममा उनको उनको मृत्यु भएको हो ।

यही साता भारतमा चर्चित पत्रकारहरू निलाक्षी भट्टाचार्य, आयुष्मान दत्त, भानुप्रकाश राठ, मानस रञ्जन जयपुरिया, ककोली भट्टाचार्य, श्रीधर धर्मसनम, राजु मिश्रको मृत्यु भएको पीईसीले जनाएको छ। भारतमा अहिले दैनिकजसो तीन जना पत्रकारको ज्यान गइरहेको रिपोर्टमा उल्लेख छ ।

कोरोना महामारीबाट यो एक महीनामा मात्रै संसारभर १२६ पत्रकारको ज्यान गएको छ। महामारीयताको १४ महीनाको अवधिमा ज्यान गुमाउने एक हजार २०० पत्रकारमा पछिल्लो समय भारतमा संक्रमण बढेसँगै पत्रकार संक्रमित हुने र ज्यान गुमाउने क्रम बढेको छ। भारतसँगै छिमेकी देशमा पनि थुप्रै पत्रकारले ज्यान गुमाएको पीईसीको रिपोर्टमा उल्लेख छ ।

रिपोर्ट अनुसार भारतमा हालसम्म १२२ जना पत्रकारले ज्यान गुमाएका छन् । त्यस्तै, बाङ्लादेशमा ५२, पाकिस्तानमा २६, अफगानिस्तामा नौ र नेपालमा सात जना पत्रकारको ज्यान गएको पीईसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …