Logo असार १, २०७८ मंगलबार


अल्पज्ञान

म को हुँ ?
म के हुँ ?
कसरी जन्मिएँ म ?
किन जन्मिएँ म ?
कसका लागि जन्मिएँ म
आफ्नै जन्मको
औचित्य खोज्न थाल्ने भएको छु म
प्रश्नै प्रश्नहरूका घेरामा कैद भएर
तमाम उत्तरहरू आफैँसग सोध्नुबाहेक
अरू विकल्प छैन मसँग र त
अल्पज्ञानको जाँतोमा पिंधिएर टुक्रिइरहेको छु
च्याँख्ला जस्तो अज्ञानको बादलबाट झरिरहेको छु

शीत जसरी निरतालमा
तप्प
तप्प
तप्प
खोज्नै नमिल्ने हो र ?
सोध्नै मिल्दैन भन्ने कहाँ छ ?
उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?
फेरि किन जन्मिरहेका होलान
उत्तर नपाइने प्रश्नैप्रश्नहरू मनमा ?
आधा गाग्री पानी जस्तो
आधा बाटोको यात्री जस्तो आधा गास खाएको भोकजस्तो
यो आधा जिन्दगीमा कतिञ्जेल छचल्किरहूँ म ?
कतिञ्जेल दौडिरहूँ ?
कतिञ्जेल चपाईरहूँ ?
ज्ञानले फड्को मारेपनि
विज्ञानले चमत्कार गरे पनि
जहाँ अप्ठ्यारो
त्यहीँ हलो अड्काउन मन लाग्छ किन ?
उब्जिरहन्छ मभित्र असहज भावको मुस्लो
र लालायित हुन्छन् जवाफहरू पर्खाइमा
किन भन्नै मिल्दैन ?
किन सुन्नै मिल्दैन
किन हेर्नै मिल्दैन ?
कसैलाई सुनाउनै मिल्दैन ?
केही बताउनै मिल्दैन ? किन ?
प्रश्नैप्रश्नले चिथोरिरहन्छन्
र दुखिरहन्छ मन
जिज्ञासाको ज्वालाले
पोलिरहन्छ र त निदाउँदैन यो रात
सल्बलाइरहन्छन् मस्तिष्कका तारहरू र खलबलिन्छ समय
अनि बहुलाउँछ अल्पज्ञान
अझै पनि
असजिलोमा फलेकै फलमा जिब्रोले काढिरहन्छ र्याल किन ?
ज्ञानी खोज्दा खोज्दै
अल्पज्ञानको कुम्लो भिरेर
कसरी ब्यूँझाउ म यो युगलाई ?
कसरी जगाऊँ म निदाएकाहरूलाई ?
कसरी खोलु म बन्द आँखा ?
र कसरी देखाऊँ म ज्ञानको बाटो ?

(अछूत जूनबाट) 

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…