Logo बैशाख २८, २०७८ मंगलबार


काेराेनासँग लड्ने क्षमता विकासका लागि कस्तो खाने ? यस्ताे छ विज्ञको सुझाव…

काठमाडाैं । काेराेना संक्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । पछिल्लो समय संक्रमण बढ्दै गएको अवस्थामा रोगसँग लडने क्षमताको विकास गर्नु नै उत्तम विकल्प भएको विज्ञहरुले बताएका छन् ।

त्यसका लागि दैनिक गतिविधि र खानपिनमा नै ध्यान दिनुपर्नेमा उनीहरुले जोड दिएका छन् । आयुर्वेदिक चिकित्सक डा. ऋषिराम कोइरालाले खाने कुराहरुमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार तेलमा तारेर बनाइएको परिकारहरु कम खानु पर्नेछ । बजारमा पाइने चिल्लो, सुकिलो र सफा देखिने खाद्य वस्तुहरुमा बढी विशाक्त प्रयोग भएको हुन सक्ने भएकाले त्यस्ता वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्न समेत उहाँले सुझाव दिनुभएको छ ।

त्यस्तै बोइलर कुखुराको मासु धेरै नखान उहाँले आग्रह गर्नुभएको छ । बोइलर कुखुरामा धेरै एन्टीबायोटिक प्रयोग भएको र जेनेटिक मोडिफाइड समेत भएकाले बोइलर कुखुराको मासुको कम प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ । खसीबोकाको उपभोग पनि कम गर्न उहाँको सुझाव छ । कोकाकोला, फेन्टा लगायतका पेय पदार्थको प्रयाेग कम गर्न उहाँले आग्रह गर्नुभयो ।

दिनको एकदुई वटा कागतीको सेवन गर्ने, पुदिना, भाङ, तिल लगायतका बस्तुबाट बनाइएको अचार तथा चटनी खाने बानिले रोगब्याधि कम गराउने उहाँले बताउनुभयो । धेरै प्रकारका मल प्रयोग भएका सागसब्जी, तरकारीहरुको प्रयोग नगर्न समेत उहाँले सुझाव दिनुभएको छ ।

सादा खाना खान र शरीरभित्र कुनैपनि प्रकारको भार नपर्ने गरी खानपनि उहाँको सुझाव छ । शुद्ध पानी धेरै पिउने, गुर्जो, उमारेको जमरा, कागति लगायतको सेवन गर्नु उपयुक्त हुने पनि उहाँले बताउनुभयो । त्यसबाहेक नियमित व्यायाम गर्दा समेत शरीरमा फाइदा पुग्ने उहाँको भनाइ छ । योगा, खानपिन, आयुरवेदका जडिबुटी र मनोविज्ञानका पक्षहरुमा सबैधन्दा धेरै ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

भाइरोलोजिस्ट डा. बाबुराम मरासिनीले दशैंको बेला शहर बजारबाट आफ्नो घरमा जाँदा विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो । दशैंमा घर नजान भन्दा पनि घर गएपछि संक्रमणबाट जोगिनका लागि विभिन्न उपायहरु अपनाउन सकिने बताउनुभयो । घरमा गएपछि परिवारका सदस्यसँग घुलमिल हुनुभन्दा अलग्गै बस्नुपर्नेमा जोड दिनुभयो । खाना खाँदा दूरी कायम गर्ने, दशैंमा टिका लगाउँदा खुल्ला ठाउँमा लगाउने, भीडभाड नगर्ने हो भने रोग लाग्नबाट बच्न र बचाउन सकिने डा. मरासिनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …