Logo बैशाख २८, २०७८ मंगलबार


कविता : कमरेड

–देवी काफ्ले

फकल्याण्डको टापुबाट
गोन्जालोका क्रान्तिको
सन्देश सुनाएर हामीलाई
लालसेना बनाएको हैन र कमरेड?

चिनियाँ क्रान्ति र
माओका सिद्धान्त
घोकाएर हामीलाई
लालसेना बनाएको हैन र कमरेड?

मुक्तिका नारा घोकाउदै
समानताका बिगुल
बजाएर हामीलाई
लालसेना बनाएको हैन र कमरेड?

वर्गीय विभेद अन्त गर्ने
जनताको शासन ल्याउने
मन्त्र पढाएर हामीलाई
लालसेना बनाएको हैन र कमरेड?

सामन्तको अन्त्य
तिमी हामी बराबर
एकतामा बाँधिने छौं
भनेर हामीलाई
लालसेना बनाएको हैन र कमरेड ?

जनताको शासनमा
बग्गी सवारी कस्तो
सामन्त निर्मुल हो कमरेड ?

तपाईंहरु सिंहदरवारमा
भोज गर्दै मोज गर्दै
मजदुर भोकै मर्नुपर्ने
कस्तो वर्गीय एकता हो कमरेड?

कृषिमा क्रान्ति ल्याउने
सपना बोकाएका तपाईंकै
दैलामा किसान मर्ने
यो कस्तो कृषि क्रान्ति हो कमरेड ?

गाउँ गाउँमा जुट्ने
नारा बोकेका तपाईहरु
सत्तालिप्सामा लुछाचुँडि गर्नु पर्ने
यो कस्तो एकता हो कमरेड ?

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …