Logo बैशाख २८, २०७८ मंगलबार


उपन्यास अंश : निमित्त नायक

-धुव्रचन्द्र गौतम

माथ्लो तलाकी एउटी केटी एक्कासी नजर निहुराएर र बाँकी भाग उचालेर हिँड्न थालेकी थिई । त्यसले दायाँ –बाँयाबाट हेर्ने जसरी र जस्तो अभ्यास गरेकी थिई त्यसलाई कविहरू प्राचीनकालमा नै धनुष–वाणको उपमा दिन बाध्य भएका थिए । स्पष्ट छ, जसको उपनाम नै मुटु हुन्छ, त्यो त्यस बाणबाट बढी बिध्द हुन बाध्य हुन्छ ।

त यो हाम्रो विनयकुमारको ध्यान यसैले भङ्क गरिरहेको थियो । ऊ अध्यात्मिक विषयबाट, क्रमशः के दौडादौड गरेर प्रेम र ह्दयहीनता विषयतिर लम्केको थियो । उसलाई लाग्यो आध्यात्मिक विषयका लागि अहिले उसको उमेर पुगेको छैन । प्रेम कवितामा ऊ बढी सशक्त किसिमले आफ्नो जीवनका ऐयाआत्थुहरू पोख्न सक्छ ।

तीन वर्ष अगिसम्म केटी र ऊ निक्कै कुराकानी गर्ने गर्थे । त्यसपछि ऊ कतै मामाघर गएकी थिई । अब फर्केकी थी, कुमारी ज्योति अधिकारी बनेर, क्याम्पस पढ्न ।

केटी जस्तरी फस्टाएकी थिई त्यसले भन्न सकिन्थ्यो, किशोरावस्था छुनासाथ त्यो ओभरटाइम गरेर यौवनको खुड्किला उक्लिन थाली । फलतः षोडषी भएतापनि उसमा कुनै किसिमको कोपिला–ग्रन्थि थिएन, मस्तिष्क एउटालाई छोडेर ।

बुद्धिमा त्यसलाई खास रूचि थिएन र बुद्धिको मेकअप पनि हुन सक्तैनथ्यो, त्यसकारण त्यसले खुल्ला छाडिदिएकी थिई । त्यसकारण उसको बुद्धि, त्यो जति पनि हुँदो हो । कतै कुनामा टुक्रुक्क बसेर सधैं उम्कने तयारीमा हुन्थ्यो ।

त्यसकारण ज्योतिलाई धेरै वस्तुहरू एकपटक सहृमाल्न परिरहेको थियो र गाह्रो परिरहेको थियो ।

तर त्यसका दिदीहरू, जसको पूर्ण संख्या दुई थियो, यस परिस्थितिलाई अझै अगिदेखि झेलिरहेकाले, त्यसलाई एक्लोपन भने महसूस हुँदैन थियो ।

विवाह तीनैको भएको थिएन । यौवन तीनैको कायम थियो । तीनैमाथि पृथकपृथक ज्यान तेज्नेहरूको संख्या बाँडिएको थियो र निरन्तर वृद्धिमा थियो ।
लाग्दथ्यो, सारा टोल तीन भागमा बाँडिएको छ, अर्थात् तीन दिदी बहिनीमा बाँडिएको छ ।

मूर्ख नै होलान् जो त्यस घरको कुनै अन्य परिवार तिर आँखा डुलाउलान् जब कि त्यहाँ बसीबसी एकै ठाउँमा तीन बगैंचा भेटिन्थ्यो । तर यसरी मूर्ख भन्दाभन्दै पनि, केही मूर्ख भेटिन्थे अवश्य, जसबाट प्रमाणित हुन्थ्यो, यो संसारमा मूर्खहरूको अभाव कहिल्यै रहेन ।
अब पनि छैन ।

विनय स्वयंलाई पनि यिनै मूर्खहरूको लाममा राख्न रुचाउँथ्यो । यसबाट उसलाई तत्काल फाइदा के थियो भने, ऊ विधिपूर्वक दुई–चार अरु केटीको नाउँमा समेत उच्छ्वास झिकेर काव्य–रचना गर्न सक्थ्यो ।

र, त्यो उसले गरेको पनि थियो । बरु अत्याधिक सृजनशीलताले गर्दा जसलाई यो हेक्का भने थिएन, कुनचाहिं कविताकी वास्तविक नायिका को थिई ?

तर अहिले त पटनायिका ज्योति नै थिई, कुमारी ज्योति अधिकारी, जसको नङ पनि उसले देख्यो भने, १२ः१४ घण्टा आरामले छट्पट गर्दै ध्यानमग्न रहन्थ्यो ।

केटीको बाबुलाई अनुशासन र प्रकाश दुवै प्रिय थिए । त्यसकारण, उसले आफ्ना छोरीहरूको नाउँ राखेको थियो, ज्योति, रश्मी र किरण ।

अनुशासनका लागि घरमा साइलेन्सर त लगाउन सक्तैन थियो । तैपनि छोरीहरूले बाबुको रूचि थाहा पाएर कदर गर्न सिकिसकेका थिए ।

तिनीहरू बडो निर्धो आवाजमा, अमिताभ बच्चनलाई सम्झेर आँसु बगाउने गर्थे र लुकेर भिडियो हेर्न जान्थे र आफ्नो चित्त शान्त पार्थे । तिनको बाबु केही दिनदेखि घरमा थिएन, त्यसकारण केही उच्छृत्रलता घरमा भित्रियो भने पनि हानि छैन भन्ने विचार तिनीहरूले राखेका थिए । आमालाई तिनीहरूले बाल्यकालदेखि नै नटेर्ने चलन थियो ।

तिनीहरू त्यो घर र टोल र क्याम्पसका केटाहरूलाई कुनै न कुनै फिल्मी नायकसँग दाँजेर हेर्थे र अलिकति पनि समानता भेट्टाए भने आफ्नो आविष्कारमा धेरै खुशी हुने गर्दथे ।
बाबु राम्रो र इज्जतदार नोकरी गथ्र्यो, त्यसकारण लक्ष्मी केवल महीना महीना तलबजस्तो अनुहारका साथ आएर थामिन्न थिइन् । त्यसै कारण घरमा पनि सबको अनुहारमा प्याट्रोमेक्सको चहक हुने गथ्र्यो ।

त्यो त ऊ यो डेरा तीन कारणले छोड्दैनथ्यो ।

–डेरा सस्तो थियो ।

–डेरा लच्छिनको थियो । हुन सक्छ आफ्नो घर बनाउनासाथ लच्छिन भत्किन थालोस् ।

–मान्छेलाई आँखी हुन सक्छ र जमाना सारै खराब छ र असहनशील छ, अर्काको देख्न सक्दैन, इत्यादि ।

त्यसकारण, उसका छोरीहरू थोरबहुत साज–सस्जा गरेर आफ्नो पिताको वैभवलाई सन्तुलित गर्ने गर्थे । अनि उता पिता, विपुल कंजूसीले गर्दा सकेसम्म गरीबीमा दिन बिताउन बाध्य गथ्र्यो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …