Logo असार ४, २०७८ शुक्रबार


सुन्दर जीवन : दुर्लभ जीवन

विषय प्रवेश गर्नु अगावै म सम्पूर्ण बौद्धिक÷प्राज्ञिक वर्गलाई विनम्र अनुरोध गर्दछु, तपाईहरु बोली दिनोस्, जीवन भनेको के हो ? तपाईंहरू स्वयं आदर्श पात्र बन्नुहोस् र चेतनाका किरण छर्नु होस् यही मेरो शुभकामना छ । यदि मलाई नै तिमीले जीवनको बारेमा के बुझेका छौ ? के सोचिरहेका छौ ? र आफ्नो जीवनलाई तिमी कस्तो बनाउन खोजीरहेका छौ ? भनेर प्रतिप्रश्न गर्नुहुन्छ भने म तपाईहरुसँग अन्तरक्रिया गर्न आतुर छु ।

वास्तवमा मेरो जीवनमा ‘छ भनुँ भने केही पनि छैन्, ‘केही छैन भनुँ भने धेरै कुरा छ । दिल खोलेर मनको कुरा ओकल्ने हो भने संसारमा सबैभन्दा प्यारो र सबैभन्दा सुन्दर वस्तु यो हाम्रो जीवन नै रहेछ । आफ्नो जीवनको आराम, आनन्द, मनोरञ्जन, खुसी, सुख, शान्ति, सन्तुष्टिका निम्ति कति पनि चिन्तन, मनन नगर्ने मानिसको त यो दुनियाँमा कल्पनै गर्न सकिँदैन् । जन्मसँगै मृत्यु पनि भित्रिएको हुन्छ । यो सुन्दर जीवनभि त्यो मृत्युले यो दुर्लभ जीवनलाई भित्रभित्रै यसरी खेदिरहेको छ कि कुनै पनि क्षण हरेक मानिस त्यसको निसाना बन्न सक्छौं । वास्तवमा मृत्यु अवश्यमभावी छ । त्यसैले त म गौरवपूर्ण मृत्युको खोजीमा छु । साँच्चै मृत्युलाई पराजीत गर्ने युद्ध वा पृथ्वीमा सँधै भरि जीवित गराउने औषधि वा पदार्थ फेला परेका भए हरेक मानिस र सम्पूर्ण मानवजातिकै निम्ति मृत्यु एउटा काल्पनिक कथा जस्तै बन्थ्यो होला ।

जन्मेपछि शैशव, बाल, किशोर, युवा, प्रौढ, बुढौली गर्दै प्रकृतिको नियम अनुसार ढिलो चाँडो सबै मानिस मर्नु र धर्तिमै विलय हुनु पर्ने भएकाले मृत्यु जीवनको सबैभन्दा ठूलो मूल्य बनेको छ । त्यसैले यो जीवन अचम्मको छ । समय समयमा हाँस्छ, रुन्छ, खुशी हुन्छ, रिसाउछ, सुत्छ, उत्साही बन्छ, निरास हुन्छ, झोक्किन्छ, नरम बन्छ, उठ्छ, बस्छ, हिँड्छ, बोल्छ, चुप लाग्छ, सोच्छ, खोज्छ, बुज्छ, रोज्छ, यसले अनेक गर्छ । त्यसमाथि हरेक मानिसको जीवन भिन्न भिन्न हुन्छ, त्यसैले त सबैले आ–आफ्नो जीवन बाँच्नु परेको छ । यस बारेमा हामी सबै भुक्त भोगी छौँ । हो, जीवन गतिशील हुनु पर्छ । गतिले जीवन्तता प्रदान गर्छ । जीवनको सुरुवात नै गतिबाट हुन्छ । गर्भधारण हुनका लागि पनि डिम्बसम्म पुग्न शुक्रकीटमा प्रशस्त गति चाहिन्छ । गतिशीलता (डाइनामिजम) जीवनको सवल पक्ष हो, यसलाई सधैं कायम राख्नु पर्छ । शारीरिक वा मानसिक निष्क्रियताबाट जीवनमा कुनै उपलब्धी हासिल हुँदैन ।

शरीर निक्रिय भयो भने आन्तरिक जीवन प्रणाली पनि बिस्तारै शिथिल हुँदै जान्छ । त्यसैले त सक्रिय जीवन बिताउन मानिस पाको उमेरमा पनि सक्रिय नै रहन्छन् । यो कुरा मैले यहाँ किन उल्लेख गरेको छु भने म तपाईंहरूसँग मिलेर नयाँ कुरा, राम्रो कुरा, धैरै कुरा, महान कुरा सिक्न चाहन्छु । वास्तवमा विश्वमा उत्कृष्ट मानव बन्न नचाहने मानिस विरलै होलान् र उत्कृष्ट मानव पनि विरलै हुन्छन । त्यसैले त त्यो मानिस महान्
हो, जो पृथ्वीमा रहेका सम्पूर्ण मानिस र प्राणीहरूको निम्ति समेत सोच्न सक्षम हुन्छ । यो कुरा मनन गरेर अघि बढ्न म सम्पूर्ण पाठक एवं सज्जन महानुभावहरूलाई पुनः विनम्र अनुरोध र खुला आव्हान गर्दछु ।

पाठक वृन्द, मेरो अन्तर मनले के भन्छ भने कलम र कागज आफ्नो हातमा हुँदैमा जे मन लाग्यो, त्यही धस्काउन पाइन्न । सुन्दर कल्पनाको गतिशील संसारमा उड्न खोज्दा लेखक सधैं एक्लो भइन्छ किन भने लेखन संसारकै सबैभन्दा एकाङ्गी पेशा हो । म नाम चलेको सिद्धहस्त लेखकमा नगनिए पनि जीवनको बारेमा निकै संवेदनशील छु । त्यसैले त मैले पनि जीवनको अलिबढी चासो राख्छु । अहिलेसम्मको संघर्षशील जीवन यात्रामा मैले पटकपटक एउटा अनौठो अनुभूति के गरेको छु भने म महान मानव होइन । नेपाली समाजमा एउटा साधारण नागरिक मै गनिन्छु तर बेलाबेलामा मेरो जीवनमा पनि कतिपय महानताका लक्षण, चिन्ह र कारणहरू यति असमान्य किसिमले प्रकट हुन्छन्
कि जसलाई मैले आफँैभित्र लुकाउन वा थन्काउन सक्दिनँ । यो पुस्तक त्यसैको एउटा सानो झिल्को हो ।

अहिलेसम्मको सोधखोजबाट के पत्ता लागेको छ भने जीवाणुदेखि मानव उत्पत्तिसम्मका, पृथ्वीदेखि अन्तरिक्ष सम्मका, कणकणदेखि विश्व ब्रहृमाण्डसम्मका र कविलादेखि आधुनिक मानवसम्मका रहस्यहरू निरन्तर उद्घाटित भइरहेका छन् । मानवजाति प्राचिनकालदेखि ब्रहृमाण्ड अन्तर्गत पृथ्वी ग्रहवासी प्राणी थियौं र हौं भन्ने कुरामा कुनै दुविधा छैन् । आजभन्दा करिब ५७ करोड वर्ष पहिले मात्र एककोषीय जीवबाट बहुकोषिय साना जीवहरू विकसित भएको तथ्य वैज्ञानिकहरूले पत्ता लगाएका छन् । एकपटक पृथ्वीमा जीवको उत्पत्तिपछि त्यसबाट विस्तारै क्रमिक रूपमा सूक्ष्म, साना र सरल जीवबाट क्रमशः झनभन्दा झन ठूला र जटिल प्रकारका जीवहरू विकसित हुँदै आए । जुन जलचरहरूले आफूहरूलाई बदलिँदो वातावरण अनुसार मिलाउन सके ती बिस्तारै बदलिँदै गएर पानी र जमिन दुबैमा बस्न सक्ने उभयचरमा परिणत भए ।

कालक्रममा उभयचरले जमिन अनुकुलको गुणको विकास गरेर जमिनमा मात्र पनि बाँच्न सक्ने प्राणीमा फेरिए । सुरुमा देखा परेका अण्डा
पार्ने र बच्चा कोरल्ने साधारण प्राणीहरू पछि विकसित खालका स्तानधारी प्राणीमा बदलिए । कुनै कुनै प्राणीहरूका शरीरमा पखेटा उम्रेर र ती चरा बनी उड्न थाले ।

जनावरहरूको एउटा जाति अरु जनावरहरूबाट बच्न मिलीजुली बस्नुपर्ने र एक अर्कालाई सहयोग गर्दै सिकारमा जुट्नु पर्ने त्यो कालका जनावरहरूको वाध्यता थियो । लाखौं वर्षको अभ्यासको क्रममा प्रकृतिको नियम अनुसार जुन प्राणीहरू आफूलाई वातावरण अनुकुल ढाल्न सकेनन् । समयक्रममा ती लोप भएर गए । जुन प्राणीहरू आफूलाई वातावरण अनुकुल ढाल्न सके, ती बच्ने मात्र होइन, झनझन विकसित हुँदै स्थायी रूपले नै दुई खुट्टाले हिडने नयाँ जीवमा रूपान्तरित भए । उनीहरू वाँनरबाट आदि मानव वा प्राग मानवमा बदलिए । प्राग मानवहरू दुई खुट्टाले हिँडन थाले पछि उनीहरूका हात फुक्का भए । हात फुक्का भएका तर पुच्छर नभएका वाँनरका पुर्खा नै मानवका शुरुका पुर्खाहरू हुन । नेपाली लोक बोलीमा तिनलाई जंगली ढेडु बाँदर भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…