Logo बैशाख ३१, २०७८ शुक्रबार


कथा : यथार्थ बोध

पुण्यप्रसाद खरेल
“हेल्लो ! म भर्खरै मनोनित यस लोकको प्रमुख हुँ ! मैले ‘स्वस’ (स्वकीय सचिव)लाई भेट्न चाहेको !”
“हेल्लो ! म स्वस बोल्दैछु । के सेवा गर्नुपर्याे ?”
“इन्द्र महाराजसँग दर्शनभेट पाऊँ !”
“तपाईं भर्खरै त लोकप्रमुख मनोनित हुनुभा छ ! दर्शनभेट यति चाँडै अनि केका लागि हो नि फेरि ?”
“त्यसैले त स्वसज्यू ! मैले महाराजलाई नभेटी भएन !”
“ल ! भोलि बेलुका एकपल्ट सम्पर्क गर्नूस् ! म समय मागेर अनि जवाफ गरुँला !”

समय मागेर मनोनित लोकप्रमुख इन्द्र महाराजको दरवारमा पुगे । महाराज सिंहासनमा आसिन थिए । यी लोकप्रमुख त दुई जना साथीका साथ थिए । दुई जना साथीले दुईपटिबाट ज्याख्लामा झैं ठूलो भारी बोकेका थिए । महाराजका अगाडि ती दुईले त्यो भारी खोल्न लागे । भारी त सम्मान पत्र, फ्रेमसहितका प्रमाणपत्रहरुको भारी रहेछ । ती सयौं बधाइका र सम्मानका दामीदामी फ्रेमसहितका प्रमाणपत्रहरु एकएक गरेर निकाल्दै त्यहाँ महाराजका अगाडि राख्न थाले ।

महाराजद्वारा नवमनोनित लोकप्रमुखलाई सोधनी भयो– “यो के हो ? यो सब त तिमीलाई दिएका हुन् ! तिमीले राख्नुपर्ने ! यहाँ किन लिएर आयौ ?”

नव मनोनित लोकप्रमुखले महाराजमा बिन्ती चढाए– “महाराज ! म त वर्षौं वर्षदेखि त्यहीं ती सबैका बिच छँदैथिएँ । एक्कासि महाराजबाट मनोनयनको निगाहबक्स भयो । त्यसपछि त महाराज ! मलाई बधाइ र सम्मानको मेहेरो नै चल्यो । अविर, माला, फूलका गुच्छा, खादा, पताका, यी प्रमाणपत्र, बधाइ, अभिनन्दन ! के के हो केके ! यो सब त मलाई गर्नेहरुले त आजका दिनसम्म पर्खिनै पर्ने थिएन । मेरा मनमा जिज्ञासा त पलाउँदै थियो नै । यस्तैमा एक जना सज्जनले भनिदिए– “यो बधाई, यो अभिनन्दन तिम्रो लागि होइन ! मेरो कुरा ध्यान दिएर सुन ! बुझ !

यो सब बधाई अभिनन्दन त ऊ माथि महाराजको हो ! तिमी यो सब राख्नलायक होइनौ !” मैले पनि मनमा खुप गमें, गुनें । मलाई यथार्थ बोध भयो महाराज ! ती सज्जनले ठिकै भने । त्यसपछि यो त आफूमा राख्न छिनछिन काउछो जस्तो भयो महाराज ! यी सब बधाइ र अभिनन्दन त महाराजका नै हुन् ! राखिबक्स्योस् !” नवमनोनित लोकप्रमुख त्यहाँबाट फटाफट बाहिरिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…