Logo बैशाख ३१, २०७८ शुक्रबार


आईपीएल: पञ्जावको तेस्रो जित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा पञ्जाव किंग्सले जित हात पारेको छ ।

शुक्रबार राति सम्पन्न खेलमा पञ्जावले रोयल च्यालेन्जर्स बेंगलोरलाई ३४ रनले पराजित गर्दै जित हात पारेको हो । अहमदाबादमा पहिला ब्याटिंग गरेको पञ्जावले ५ विकेटमा १ सय ७९ रन बनाएको थियो। जवाफमा बेंगलोरले ८ विकेट गुमाएर १ सय ४५ रनमात्र बनाउन सक्यो।

पञ्जावका हरप्रीत ब्रारले विकारट कोहली, ग्लेन म्याक्सवेल र एबी डिभिलियर्सको विकेट लिएपछि बंगलोर संकटमा परेको थियो। पञ्जावका लागि उनले पहिलो खेल खेल्दै ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए।

त्यसैगरी पञ्जावका रवि विस्नोइले २ विकेट लिँदा बंगलोर लक्ष्यसम्म पुग्न सकेन। अन्तिममा बंगलोरका लागि कायल जेमिसन र हर्षल पटेलले विस्फोटक ब्याटिंग गरे पनि त्यतिबेलासम्म निकै ढिलो भइसकेको थियो। पटेलले १३ बलमा ३१ र जेमिसनले ११ बलमा १६ रन बनाए।

यसअघि पञ्जावका कप्तान केएल राहुलले ९१ र क्रिस गेलले विस्फोटक ४६ रन बनाएपछि पञ्जावले बलियो स्कोर बनाएको थियो। जारी आईपीएलमा पञ्जावको यो तेस्रो जित हो भने बेंगलोरको दोस्रो हार हो।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…