Logo बैशाख २९, २०७८ बुधबार


कोरोना लाग्दा औषधि किन्ने पैसाले फलफुल खानुस् : डा.सुवेदी

काठमाडौं । कोरोना भाइरस संक्रमण भएपछि यस्तो औषधि खानुस् भन्दै सामाजिक सञ्जालमा आएका सुचनाको पछि नलाग्न डा.कल्यान सुवेदीले सुझाव दिनुभएको छ । उहाँले कोरोना लाग्दा पनि ज्वरो आए ज्वरोका मात्र र खोकी लागे खोकीको मात्र औषधि खाए पुग्ने बताउनुभएको हो ।

डा.सुवेदीले औषधिमा गर्ने खर्च फलफुल किनेर खान सुझाव समेत दिनुभएको छ । अस्पताल नै भर्ना हुनुपर्ने अवस्था छ भने पनि डाक्टरले लेखेर दिएको बाहेक अन्य औषधि खान जरुरी नहुने उहाँको भनाइ छ । कोरोना भाइरस संक्रमणबाट बच्न सकेसम्म स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुने, घरबाट बाहिर ननिस्ने र अरुको नजिक नपर्ने राम्रो उपाय भएको डा.सुवोधले बताउनुभयो ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘सामाजिक सञ्जालमा भाइरल भएको कोरोना लागेपछि ‘यस्तो औषधि खानुस’ यस्तो किनेर राख्नुस’ भनेको औषधिको लिस्टको पछाडी नलाग्नुहोला। ज्वरो आउँदा जुनसुकै ज्वरो घटाउने औषधि र खोकी लाग्दा खोकी कम गर्ने औषधि भन्दा अरु केही खानु पर्दैन। पैसा खर्च नगर्नुस। बरु त्यो पैसाले फलफूल किनेर खानुस। कोरोना भएर अस्पताल भर्ना भएको बेलामा डाक्टरले लेखिदिएको बाहेक अन्य कुनै जोह गर्न वा खान जरुरी हुँदैन। जथाभावी किनेर थुपारीदिंदा यी औषधि चाहिने अन्य रोगिलाई मर्का पर्न सक्छ। अहिले गर्ने भनेको स्यानिटाइजर लगाउने, हात राम्रोसंग धुने, सकेसम्म घरबाट ननिस्किने र अरुको नजिक नजाने हो।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…