Logo बैशाख ३१, २०७८ शुक्रबार


प्रधानमन्त्रीज्यू हामी साथ दिन तयार छौँ, अहंकारको धरहराबाट ओर्लनुस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना भाइरस नियन्त्रणका लागि आफूहरु प्रधानमन्त्रीलाई साथ दिन तयार रहेको बताउनुभएको छ । शनिबार सामाजिक सञ्जालमार्फत थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहंकारको धरहराबाट ओर्लन आग्रह गर्दै आफूहरुले साथ दिन तयार रहेको बताउनुभएको हो ।

उहाँले महामारी फैलिरहेको अवस्थामा ‘हामी सक्दैनौँ’ भनेर मन्त्रालयले हात उठाउनु र प्रधानमन्त्रीको प्राथमिकतामा अझै पनि महामारी नपर्नु आपत्तिजनक रहेको बताउनुभएको छ । उपलब्ध स्रोत, साधन, जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ भएको भन्दै नेता थापाले त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

उहाँ लेख्नुहुन्छ, ‘कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ, निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन। सबै पक्ष र आम नागरिक सचेत,सतर्क र जिम्मेवार बन्नैपर्छ। तर प्रधानमन्त्रीज्यू यो लडाइमा ‘हामी सक्दैनौँ’ भनेर मन्त्रालयले हात उठाउने अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने । आपत्तिजनक छ । कठिन छ, तर अझै हामीसंग उपलब्ध स्रोत,साधन,जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ। त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ।प्रधानमन्त्रीज्यू, हामी साथ दिन तयार छौँ,कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस।’

 

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…