Logo बैशाख २८, २०७८ मंगलबार


सहकर्मीको निधनले विह्वाल न्यूज रूमको दृश्य (भिडियोसहित)

काठमाडौं । भारतीय सञ्चारकर्मी रोहित सरदानाको निधनले सहकर्मीहरु विह्वाल भएका छन् । शुक्रबार हृदयघातबाट निधन भएका रोहितका सहकर्मीहरु समाचार कक्षमै रुवाबासी गरिरहेका छन् ।

रोहित भारतीय न्यूजच्यानल आजतकको एक बहस कार्यक्रम ‘दंगल’का सञ्चालक थिए । एक हप्ताअघि कोरोना भाइरस संक्रमण पुष्टि भएका रोहितको हृदयघातबाट मृत्यु भएको उनका सहकर्मीहरुले जानकारी दिएका छन् ।

रोहितसँगै काम गर्ने एक समाचार प्रस्तोता अनइयरमै रुँदै विलौना गरेकी छन् । उनले सँधै सँगै समाचार पढ्ने रोहितलाई आफूले गुमाउँछु भन्ने अलिकति पनि नसोचेको बताएकी छन् । उनी हुँदै भन्छिन्, ‘सँधै हामी यहिँ बसेर समाचार भन्थ्यौँ । सबै जान्छन् आइसियूमा हाम्रो रोहित पनि गएका थिए । केही होला भन्ने सोचेको थिइन् । म बिहानदेखि समाचार बुलेटिन गरिरहेकी थिएँ । रोहित भेन्टिलेटरमा भएको खबर आयो । मनमा डर लागिरहेको थियो । प्राथना पनि गरिरहेकी थिएँ उसलाई केही हुँदैन भनेर तर यस्तो दुखद फोन आउला भनेर सोचेको पनि थिइन् ।’

रोहितको निधनले समाचार कक्षमा नै रुवाबासि चलेको देखिन्छ । कोरोना भाइरस संक्रमण भएका रोहित निको हुँदै थिए । उनको अवस्था सामान्य भएको चिकित्सकहरुले बताइरहेका थिए । तर अचानक शुक्रबार उनको हृदयघातका कारण निधन भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …