Logo जेठ २, २०७८ आइतबार


दमौलीमा ज्वरो क्लिनिक सञ्चालन

तनहूँ । व्यास नगरपालिका–३ स्थित नेशनल एपोलो अस्पतालमा ज्वरो क्लिनिक सञ्चालनमा ल्याइएको छ । कोरोना जोखिम बढेपछि अस्पतालले शुक्रबारदेखि ज्वरो क्लिनिक सञ्चालनमा ल्याएको हो ।

अस्पतालमा आउने सर्वसाधारणलाई सहजरुपमा सेवा दिन ज्वरो क्लिनिक सञ्चालनमा ल्याइएको अस्पतालका सञ्चालक चुडामणि दाहालले जानकारी दिनुभयो । ‘कोभिडको सन्त्रास फेरि फैलिँदै गएको अवस्थामा चुप लागेर बस्ने अवस्था देखिँदैन’, दाहालले भन्नुभयो, ‘गतवर्ष कोरोना कहरमा पनि ज्वरो क्लिनिकबाट सेवा दिएका थियौ ।’

ज्वरो क्लिनिक सञ्चालनका लागि अस्पताल प्राङ्गणमा टेन्ट राखिएको छ । त्यसका लागि वडा नम्बर ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ र चापाघाटस्थित कालीभञ्जन गण (इ)ले सहयोग पुर्याएको दाहालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…