Logo बैशाख ३१, २०७८ शुक्रबार


सयौं विद्यार्थी अपहरण गर्ने दौडावा झडपमा मारिए

नाइजेरिया । सयौं स्कूली बच्चाहरूको अपहरणको नेतृत्व गरेका एक नाइजेरियाली डाकु समूहका प्रमुख नायिके भिडन्तमा मारिएका छन्  । नाइजेरियाली अधिकारीहरूका अनुसार उनी प्रतिस्पर्धी गिरोहसँगको सशस्त्र भिडन्तमा मारिएका हुन् ।

गत डिसेम्बरमा विज्ञान बिषय पढाइने एउटा सरकारी माध्यमिक विद्यालय कङ्कराका ५ सयभन्दा बढी विद्यार्थीहरूको अपहरणमा अवालुन दौडावा र उनको समूहले नेतृत्व गरेको थियो ।

उत्तरपश्चिम र मध्य नाइजेरियामा बढ्दो सुरक्षा चुनौती बनेका यो सशस्त्र आपराधिक गिरोहहरूले सामूहिक अपहरणको श्रृंखलामध्ये एक थियो ।

बिहीबार जामफारा राज्यका एक सरकारी अधिकारीले एएफपीलाई भने, “दौडावाले फेब्रुअरीमा गरेको शान्ति सम्झौता पूरा नगरेको भन्दै उनी आफ्नो समूहको नेतृत्व लिन जङ्गलतर्फ फर्केका थिए ।

जाम्फाराका एक सरकारी अधिकारीले भने, “दौडावासहित उनका चार वरिष्ठ लडाकू उनको एक विरोधी समूहसँग शुक्रबार भएको दोहोरो झडपमा मारिएका हुन् ।”

“उनले गत महिनाको एउटा शिविरमा प्रतिद्वन्द्वी गिरोहमाथि असफल छापा मार्दा उनका दुई जना सदस्यको मृत्युको बदला लिन आफ्ना मानिसहरूलाई लगाएका बेला भएको झडपमा दौडावाको मृत्यु भएको हो,” एक नाइजेरियाली अधिकारीले भने ।

दौडावाले छजना साथीहरूसहित जामफारा राज्यका गभर्नर बेलो मटावालेसँग उनको कार्यालयमा आत्मसमर्पण गरेका थिए जहाँ उनले हतियार बुझाई र हिंसाको अन्त्य गर्न डाकुहरूलाई माफी दिने माग गरेका थिए । तर सरकारसँग लामो समयसम्म भएको वार्तामा आफ्ना माग पूरा नभएको बताउँदै उनी जङ्गलतर्फ फर्केका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…