Logo बैशाख २९, २०७८ बुधबार


देशका अस्पतालहरुमा बेड अभाव, वीर र शिक्षण अस्पताल भने सुनशान (फोटो फिचर)

काठमाडौं । देशभर कोभिड १९ संक्रमितको संख्या भयावह रुपमा बढ्दै गएपछि अस्पतालहरुमा बिरामीको चाप बढेको छ । एकैपटक धेरै संख्यामा संक्रमित थपिदा अधिकांश अस्पतालहरुमा बेडको अभाव भएका समाचारहरु आइरहेका छन् ।

स्वास्थ्य मन्त्रालयले पनि शुक्रवार विज्ञप्ति जारी गरी देशभरका अस्पतालहरुमा बेड, अक्सिजन र आवश्यक स्वास्थ्य जनशक्तिको अभाव हुनसक्ने बताएको छ । मन्त्रालयको विज्ञप्तिले कोरोनाको कहर नियन्त्रणमा सरकार लगभग असफल हुन थालेको अर्थ दिने भन्दै सरोकारवालाहरुले आलोचना समेत गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमित विरामीका लागि अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारीपन भएको बताएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी महामारीको समयमा सरकारले नागरिकलाई ढाडस र सहयोग गर्नुपर्नेमा गैह्रजिम्मेवार बनेको उल्लेख गर्नुभएको छ ।
बेड, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजनको सिलिन्डरमा सरकारको वास्तविक क्षमता सार्वजनिक गर्न पनि कांग्रेसले आग्रह गरेको छ ।

अस्पतालहरु संक्रमितले भरिभराउ भैरहेको खबर आइरहँदा मुलुककै जेठो वीर अस्पताल र अर्को प्रमुख अस्पताल शिक्षण अस्पताल महराजगञ्ज भने अहिले लगभग सुनसान रहेको छ । शनिवार वीर अस्पतालका आकस्मिक सहित प्रायः सबै वार्डहरु खाली खाली देखिन्थ्यो ।

उता शिक्षण अस्पतालको आकस्मिक कक्षमा केही चहलपहल भए पनि अरु वार्डहरुमा भने खासै चाप देखिन्नथ्यो । संकटकालको तयारी स्वरुप शिक्षण अस्पतालले धमाधम नयाँ बेडहरु पनि थपिरहेका रहेछन् ।

तस्बिर : हनिशराज पन्त/जनतासमाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…