Logo बैशाख २८, २०७८ मंगलबार


सिंगापुर : जहाँ कोरोनाको कुनै डर छैन,सामान्य छ जनजीवन

काठमाडौं । विश्वका धेरै देशहरु अहिले कोभिड १९ को संक्रमणले आक्रान्त छ । दक्षिण एसियाको सबैभन्दा ठूलो देश भारतमा मात्र दैनिक संक्रमितको संख्या ४ लाखको हराहरीमा पुगिरहँदा छिमेकी देश नेपालको अवस्था पनि भयावह बन्दै छ । संक्रमण फैलिन नदिन शनिवारसम्म नेपालले २३ जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

तर एसियाकै एउटा सानो टापु सिंगापुर भने कोरोनाको विश्वव्यापी कहरका समयमा पनि आनन्दले बसिरहेको छ । बिबिसीका अनुसार सिंगापुर अहिले कोरोना कहरका समयमा सबैभन्दा सर्वोत्कृष्ट स्थानको रुपमा रहेको छ । ब्लुमबर्गले प्रकाशित गरेको कोभिड १९ को न्यून प्रभाव भएका विश्वका मुलुकहरुको सूचीमा यो साता सिंगापुर पहिलोस्थानमा परेको छ । यसअघि न्यूजिल्याण्ड सूचीको पहिलो स्थानमा थियो ।

सिंगापुरमा अहिले कोभिड १९ संक्रमितको संख्या नगन्य छ भने जनजीवन सामान्य छ । केही समय अघि सिंगापुरमा पनि कोभिड १९ को संक्रमण देखिएको थियो । तर सरकारको तदारुकताले छिट्टै नियन्त्रणमा आएको सिंगापुरबाट बिबिसीका लागि लेख्ने पत्रकार टेसा वाङले बताइन् । उनले लेखेकी छिन्–अहिले सिंगापुरको जनजीवन सामान्य छ । कोभिड संक्रमणको अवस्था लगभग शुन्य नै छ । कार्यालय,शैक्षिक संस्था र सबै खाले व्यवसायहरु चलिरहेका छन् । हामीलाई साथीभाइ र आफन्तसँग भेटघाट गर्न, मन लागेको रेष्टुराँ वा क्याफेमा गएर खानपिन गर्न कुनै रोकतोक छैन । तर एकपटकमा ८ जनासम्म मात्र भेला हुन पाउने नियम छ । हामी त्यसको पूर्ण पालना गर्छौं ।

पत्रकार वाङका अनुसार कोरोना कहरले विश्व नै आतंकित भैरहेको समयमा सिंगापुरवासीले यसरी आनन्दको जीवन जीउन पाउनुमा यहाँका सरकार मात्र होइन नागरिकहरुको भूमिका पनि महत्वपूर्ण छ ।

सिंगापुर सरकारले सबै क्षेत्रमा सामाजिक दुरी अनिवार्य गरिदिएको छ । एकपटकमा ८ जनाभन्दा बढी भेला हुन पाउँदैनन् । सार्वजनिक स्थलहरु जस्तै पसल,मार्ट वा कन्सर्टहरुमा जाँदा मास्क अनिवार्य गर्नुका साथै सबै जनालाई ट्रेसिङ एपको माध्यमबाट कडा निगरानी गरिएको छ ।

सिंगापुर सरकारले भ्रमण र सीमा सुरक्षामा पनि निकै कडाइ गरेको छ । बाहिरी मुलुकबाट संक्रमित नभित्रिउन् भनेर सरकारले होसियारी अपनाएको छ । आगन्तुक पर्यटकहरुलाई विमानस्थलमै पीसीआर परीक्षण गर्ने र तुरुन्तै आइसोलेसनमा पठाउने व्यवस्थाले साँच्चिकै सकरात्मक प्रभाव पारिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …