Logo बैशाख २९, २०७८ बुधबार


निषेधाज्ञा : काठमाडौं उपत्यकामा भोलिदेखि थप कडाइँ गरिँदै

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गरिएको निषेधाज्ञामा भोलि (आइतवार) देखि थप कडाइँ गर्न लागिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कालीप्रसाद पराजुलीका अनुसार कोरोना संक्रमण नियन्त्रण गर्न तीन जिल्लामा गरिएको निषेधाज्ञा अझ प्रभावकारी बनाउन थप कडाइँ गर्न लागिएको हो।

काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका सिडिओको बैठकबाट कडाइँको निर्णय गरिने छ। सिडिओको टोलीले शनिवार काठमाडौंका सडकको अनुगमन गरेको थियो। टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ।

सिडिओ पराजुलीका अनुसार बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मानिस बढेकाले आइतबारदेखि निषेधाज्ञा अझ कडा बनाइनेछ तथा सरकारी कर्मचारीको संख्या अझै कटौती गर्ने र सवारीसाधन पनि थोरै मात्र चलाउन लगाउने छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…