Logo बैशाख ३१, २०७८ शुक्रबार


आइतवारदेखि राजधानीमा कडा निषेधाज्ञा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गर्ने भएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । यसका लागि ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने उहाँको भनाइ छ ।

शनिवार काठमाडौंको सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ । बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आइतवारदेखि जारी निषेधाज्ञामा थप कडाई गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।

शनिवार पनि सडकमा सवारी चाप बढेको देखिएकोले आइतवारदेखि थप कडा गर्ने तयारी गरिएको उहाँको भनाई छ ।

बैंक तथा सरकारी कर्मचारी संख्या कटौती गर्ने र गाडी कम चलाउन लगाउने सरकारको तयारी रहेको उहाँले बताउनुभयो । सञ्चारकर्मीहरूका लागि पनि सूचना विभागबाट जारी परिचयपत्र अनिवार्य गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

अब शनिवार तथा सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन गुडेमा त्यसलाई होल्ड गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…