Logo बैशाख २९, २०७८ बुधबार


आईपीएल : मुम्बईद्वारा चेन्नई ४ विकेटले पराजित

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा मुम्बई इण्डियन्सले जित हात पारेको छ ।

शनिबार राति दिल्लीको अरुण जैट्ले स्टेडियममा सम्पन्न भएको खेलमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किङ्समाथि ४ विकेटको जित निकालेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो।

चेन्नईका लागि अम्बाती रायुडुले अविजित रहँदै सर्वाधिक ७२ रन बनाउँदा मोइन अलीले ५८ रन बनाए। त्यस्तै, फाफ डु प्लेसिसले ५० र रविन्द्र जडेजाले २२ रन जोडे। मुम्बईका लागि काइरोन पोलार्डले २ तथा ट्रेन्ट बोल्ट र जसप्रित बुमराहले समान १/ १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको मुम्बईका लागि काइरोन पोलार्डले ८७ रन बनाउँदा क्विन्टन डिककले ३८ रन जोडे। त्यस्तै, रोहित शर्माले ३५, क्रुनाल पाण्ड्याले ३२ र हार्दिक पाण्ड्याले १६ रन बनाए। चेन्नईका साम करनले ३ तथा शार्दुल ठाकुर, रविन्द्र जडेजा र मोइन अलीले १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…