Logo बैशाख ३१, २०७८ शुक्रबार


गुल्मीमा वैशाख २५ गतेसम्म निषेधाज्ञा

गुल्मी । जिल्लामा आजदेखि एक साता निषेधाज्ञा लागू भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को निर्णयअनुसार वैशाख २५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामग्रीका पसलहरु बिहान ७ देखि ९ बजेसम्म खुला हुने छन् । बैंक वित्तीय संस्था तथा होटलहरु दिउँसो १० देखि १२ बजेसम्म खुलाउन पाइने छ । अस्पताल र औषधि पसल २४ सैं घण्टा खुला रहनेछन् ।

निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, इन्धन, औषधि बोक्ने गाडी, फोहोरमैला व्यवस्थापन र एम्बुलेन्स बाहेक सम्पूर्ण सवारी साधनलाई पूर्णरुपमा रोक लगाइएको छ ।

आयोजनामा काम गर्ने कामदारलाई कार्यस्थलमै रहने व्यवस्था मिलाई विकास निर्माणका आयोजना सुचारु गर्ने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले निर्णय गरेको छ । विवाह प्रयोजनको लागि ‘शुभ विवाह’ लेखिएको ब्यानर सहित बढीमा २ वटा गाडीमा १५ जनासम्मलाई नजिकको प्रहरी चौकीबाट सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जिल्लावासीलाई आग्रह गरेको छ । निषेधाज्ञा उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने उपर प्रचलित कानुन बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…