Logo बैशाख २९, २०७८ बुधबार


उपकरण अभावमा खेर जाँदै धवलागिरि अस्पतालको अक्सिजन

बागलुङ । उपकरणको अभावमा धवलागिरि अस्पतालको अक्सिजन खेर गएको छ । कोरोनाको दोस्रो लहरले नेपालमा कोरोना संक्रमण दर बढाएपछि अक्सिजन अभाव खड्किएको समाचार आइरहेका बेला बागलुङको अक्सिजन प्लान्टमा उत्पादित अक्सिजन भने उपकरण अभावमा खेर गइरहेको पाइएको छ ।

धवलागिरि अस्पताल बागलुङमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना गरेको छ । प्लान्टमा उत्पादित अक्सिजन सोझै अस्पतालमा रहेका बिरामीको शय्यामा पाइपलाइनबाट पुग्ने भए पनि अक्सिजन सिलिण्डरमा भर्न मिल्दैन ।

पाइपलाइनबाट खपत भएर रहेको अक्सिजन सिलिण्डरमा भर्न सकेका खण्डमा कोरोना महामारीमा अक्सिजनको अभाव टार्न मद्दत पुग्ने भए पनि अक्सिजनको ‘फिलिङ सिस्टम’ नहुँदा अस्पतालको अक्सिजन प्लान्टमा उत्पादित आधाजस्तो अक्सिजन खेर गइरहेको छ । कोरोना बढ्दै जाँदा गाउँगाउँका स्वास्थ्यचौकीमा समेत अक्सिजन चाहिने निश्चित छ ।

अक्सिजन प्लान्ट नभएका अस्पतालमा सिलिण्डरमा अक्सिजन चाहिने भएको र अहिले मुलुकभर अक्सिजनको समस्या भन्दै समयमै आपूर्ति नभएको सन्दर्भमा धवलागिरि अस्पतालको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन सिलिण्डरमा भर्न सके धेरैको जीवनरक्षाका लागि सहज हुने धवलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताउनुभयो ।

५० शय्याको अस्पताललाई अहिले गण्डकी प्रदेश सरकारले २ सय शय्याको उपप्रादेशिक अस्पताल बनाउने निर्णयसँगै केही कामसमेत अघि बढाएको छ । अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले दैनिक ३० सिलिण्डर अक्सिजन भर्ने भए पनि उपकरण अभावमा अस्पतालका बिरामीलाई मात्रै भएको धवलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र बी पोखरेलले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…